ताजा अपडेट

ट्रेन्डिङ

दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१२ फाल्गुण २०८०, शनिवार
69 पटक हेरिएको
दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सम्पन्न

नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा आज भएको दोस्रो विराटनगर हव अन्तर-स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ ।

विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिए ।

अरनिको जितमा म्यान अफ द फाइनल अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १-१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।