मंगल बहुमुखी क्याम्पसको आयोजना तथा Mangal Student Quality Circle को संयोजनमा उच्च शिक्षाका लागि मंगल बहुमुखी क्याम्पसमा प्रथम वर्षमा भर्ना भएका नवआगन्तुुक विद्यार्थीहरू र चौथो वर्ष उत्तीर्ण भएका विद्यार्थीहरूको सम्मानमा १७औं वार्षिकोत्सवको स्वागत, सम्मानतथाविदाई समारोह शनिबारका दिन सम्पन्न भएको छ ।
प्रमुुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्षप्रा. डा. लक्ष्मीबहादुुर महर्जनले उद्घाटन गरी शुरु भएको औपचारिक कार्यक्रममा उपस्थित अतिथि तथा नवआगन्तुक विद्यार्थीहरूलाई र उत्तीर्ण भएर जानुुहुुने विद्यार्थी लगायत सम्पूर्णलाई क्याम्पस प्रमुुख प्रदिप महर्जनले स्वागत गरेका थिए ।
मंगल बहुमुुखी क्याम्पसले १७औ वार्षिकोत्सव, स्वागत, सम्मान र विदाई कार्यक्रम मनाईरहँदा क्याम्पसमा गुणस्तर सुुनिश्चितताको लागि विश्वविद्यालय अनुुदान आयोगमा स्वअध्ययन प्रतिवेदन तयार गरि बुुझाएको र क्याम्पसमा रू. १० लाख रकम बराबरको क्ष्ऋत् उपकरण व्यवस्थापनको लागि शिक्षा विकास निर्देशनालय, हेटौंडा सँग सम्झौतागरिएको कुरा क्याम्पस प्रमुुख महर्जनले बताए । यसका अलावा विद्यार्थीहरूलाई अहिलेको प्रतिस्पर्धातमक बजारमा सजिलै काम पाउने बनाउनको लागि प्रयोगात्मक सीपमा जोड दिंदै यसै वर्ष देखि नन् क्रेडिट कोर्ष मार्फत कम्प्यूटर प्रशिक्षण, एकाउण्ट प्याकेज प्रशिक्षण र लघु अनुुसन्धानका प्रतिेवेदन तयार गर्ने सीपहरू प्रशिक्षण सुुरू गरिएको बताए । विद्यार्थीहरूको नेतृत्वएवम् चौतर्फी विकासको लागिअतिरिक्त कृयाकलाप, खेलकुुद, युुवा संसद अभ्यास जस्ता कार्यक्रमहरू सम्पन्नगरेको बताए ।
प्रमुख अतिथिले नवआगन्तुक विद्यार्थीहरुलाई क्याम्पसको व्याचवितरण गरी स्वागत गरेका थिए । क्याम्पसबाट व्यवस्थापन र शिक्षाशास्त्र दुुबै संकायतर्फ उत्कृष्ट सात विद्यार्थीहरूलाई प्रमुुख अतिथि एवम् अध्यक्ष प्रा. डा. लक्ष्मीबहादुुर महर्जन र मङ्गलमा. वि.का अध्यक्षएवम् क्याम्पस सञ्चालक समिति सदस्य कृष्ण प्रसाद महर्जनले ट्रफि तथा ब्याच वितरण गरे ।
यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई पढाईमा लगनशिल, कर्तव्यनिष्ठ भई अध्ययनशिल बनाउन उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न पुरस्कारदाताहरूले नगद पुुुरस्कारको व्यवस्था गरिएको थियो । पुरस्कार वितरणको लागि क्याम्पसका सल्लाहकार तथा भुतपूर्व अध्यक्ष प्रा. डा. शिव शरण महर्जनले व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायमा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्रदान गरिने पूर्णगंगा पुरस्कारको लागि पूुर्णगंगा अक्षय कोष, पूुर्ण बहादुर महर्जनले शिक्षाशास्त्र संकायमा स्वास्थ्य तथा शारीरिक विषय लिई सर्वोत्कृष्ट ल्याउने विद्यार्थीलाई प्रदान गरिने कृष्णहिरा पुरस्कारको लागि कृष्णहिरा अक्षयकोष र रिना महर्जनले शिक्षाशास्त्र संकायमा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिने टिकाचन्द्रविश्व पुरस्कारको लागि टिकाचन्द्रविश्व अक्षयकोष स्थापना गरेको छ ।
पुुरस्कार वितरण पछि बोल्नु हुँदै प्रमुुख अतिथिले विद्यार्थीहरूको चौतर्फी विकास गर्न कुुनै कसर बाँकी नराखिने र समिति हरदम विद्यार्थीहरूसँगै रहेको बताए । विद्यार्थी शिक्षकहरूलाई अनुुसनधान उन्मुख गराउन आवश्यक तालिम तथा बिशिष्टिकरण गर्दै लगिएको बताए । साथै स्थानीय बिद्यार्थीहरूको आकर्षण बढाउन कीर्तिपुर नगरपालिका सँगको सहकार्यमा स्थानीय विद्यार्थीहरूलाई एक घर एक स्नातक अभियान अन्तर्गत नगरपालिकाबाट ६०५ र क्याम्पसबाट ४०५ गरी पूूर्ण निशूूल्क छात्रबृत्तिको व्यवस्था गरिएको बताए ।
कार्यक्रममा प्रथम वर्षमा नवप्रवेशी भाइहिनीहरू तथा पासआउट भएर जानुभएका दाइदिदीहरूको सम्मान एवंम् क्याम्पसको १७ औं वार्षिकोत्सबको उपलक्ष्यमा विभिन्न साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । सो अवसरमा मिष्टर मंगल र मिस मंगलको पनि छनोट गरिएको थियो ।
सहायक क्याम्पस प्रमुख रकि महर्जनका अनुसार मिष्टर मंगल र मिस मंगल प्रतिस्पर्धामा क्रमशः ७जना छात्र तथा १२ जना छात्राहरुको सहभागिता भएको थियो । उक्त प्रतिस्पर्धामा समसमयिक समस्या र चूनौतीको रुपमा रहेको शैक्षिक र रोजगारीको नाममा वैदेशिक पलायनलाई न्यूनिकरण गर्न नेपाल सरकारलाई कस्तो सुुझाव दिनुुहुुन्छ भनी सोधिएको प्रश्नको आधारमा निर्णायकत्रय खेमनाथ सिटौला, उपेश महर्जन र भागरथी मडैले वि.वि.एस. दोश्रो वर्षका नरेन्द्र बुुढालाई मिष्टर मंगल र वि.विंएस दोश्रो वर्षका गिताकुमारी घर्तीमगरलाई मिस मंगल घोषणा गरिएको थियो । मिष्टर मंगलको विजेता नरेन्द्र बुुढालाई प्रमुख अतिथि महर्जनले ट्रफि र ढाका टोपीप्रदान गर्नुु भयो भने मिस मंगल विजेता गिताकुमारी घर्तीमगरलाई मिस तीजक्विन सुविना श्रेष्ठले ताज र ट्रफि प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व बि. एड. चौथो वर्षमा अध्ययनरत Mangal Student Quality Circle का संयोजक बेदराज जोशीले गरेका थिए । कार्यक्रम समापन गर्दै जोशीले सम्पूर्ण शिक्षकहरू पारिवारिक र साथीको जस्तो व्यवहार गर्ने भएकोले नवप्रवेशी भाइबहिनीहरूले ढुक्क भएर अध्ययनमा लाग्न सुुझब दिए । साथै उत्तीर्ण भएर पुुरस्कृत भएर जानुु भएका दाइदिदीहरूलाई उज्वल भविष्यको कामना गर्दै विदाई गरिएको थियो ।