राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र राजनीतिक हस्तक्षेप भइरहेको बताएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएको हो ।
सदस्य रावलले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या भन्दै सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको जानकारी दिँदै विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको पनि बताए ।
उनले भने, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेकाे देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिलाे भइसकेको छ ।’
साथै उनले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरुलाई स्वदेशमै रोक्न सकिने बताए ।