मध्यपुर थिमि नगरपालिका -८ मिलरोड, बोडेस्थित ग्ल्याड स्टोन एकेडेमीद्धारा शैक्षिक प्रदर्शनी २०८० आयोजना गरेको छ ।
मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उक्त प्रदर्शनीको उद्घाटन गर्दै विद्यार्थीहरुले आफूले सिकेको प्रयोगात्मक एवं व्यवहारिक ज्ञानलाई प्रदर्शनीमा प्रस्तुत गरेको बताउँदै यस्तो प्रदर्शनीले विज्ञान र प्रविधिको युज्ञमा सरल र सहज रुपमा धेरै काम गर्न सकिने र सडकदेखि घर र विद्यालय सम्म सुरक्षित हुने तरिका जानकारी हुने धारणा राखे ।
प्रदर्शनीको अवलोकन गर्दै मध्यपुर थिमि नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भ¤ले विद्यार्थीहरुले धेरै राम्रो प्रदर्शनी सँगै प्रस्तुती दिएको भन्दै विद्यालयको प्रशंसा गरे ।
ग्ल्याड स्टोन एकेडेमीले पहिलो पटक शैक्षिक प्रदर्शनी आयोजना गरिएको र कक्षा ४, ५, ६, ७ र ९ का विद्यार्थीहरुले विज्ञान प्रविधि, सामाजिक, नेपाली, गणित आदि विषयको व्यवहारिक एवं प्रयोगात्मक प्रदर्शनीको जमर्को गरेको एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाले जानकारी दिए ।
६३ वटा स्टल रहेको उक्त प्रदर्शनीको अवलोकन गर्न अभिभावक, विद्यार्थी, स्थानीय बासिन्दाहरुको भिड लागेको थियो । ग्ल्याड स्टोनको प्राथमिक भवन परिसरमा भएको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले प्रदर्शनीको उद्देश्य, महत्वदेखि आफ्नो स्टलको बारेमा नेपाली र अंग्रेजी दुवै माध्यममा जानकारी दिदैं यसको व्यवहारिक र प्रयोगात्मक महत्वबारे अवलोकनकर्ताहरुलाई जानकारी दिएका थिए ।
विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक प्रदर्शनी २०८० आयोजना गरिएको एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले जानकारी दिए ।