ताजा अपडेट

ट्रेन्डिङ

महेन्द्रग्राम माविमा ‘विद्यालय स्वास्थ्य सचेतना अभियान’ कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २५, २०८०
298 पटक हेरिएको
महेन्द्रग्राम माविमा ‘विद्यालय स्वास्थ्य सचेतना अभियान’ कार्यक्रम

चाँगुनारायण नगरपालिका-८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा ‘विद्यालय स्वास्थ्य सचेतना अभियान’ कार्यक्रम सञ्चालन भएको छ। बाल क्लव, इको क्लव, जुनियर रेडक्रस सर्कलमा आवद्ध छात्राछात्र, वास सम्पर्क शिक्षक र विद्यालय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीको सहभागितामा सो कार्यक्रम गरिएको हो ।

अभियानको सहजीकरण गर्दै नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाकी वास सहजकर्ता मेनुका थापाले ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ ले गरेका व्यवस्थाहरु, तारा पद्धति र यसका सूचक एवं मापदण्डहरुका बिषयमा जानकारी गराए । उनले कार्यविधिमा रहेका १० वटै सूचक तथा एक तारा, दुई तारा र तीन तारा प्राप्त गर्न आवश्यक मापदण्डका बिषयमा पालैपालो व्याख्या गर्नुभयो।

विस्वास इनोभेशन सेन्टरका कार्यकारी निर्देशक हिम्मत सिंह लेकालीले खानेपानी, सरसफाइ र स्वच्छतामा ध्यान नदिँदा आईपर्ने समस्याहरुबारे सचेत गराई सुरक्षित पानी मात्र पिउन, सरसफाइमा ध्यान दिन, स्वच्छता व्यवहार अपनाउन आग्रह गरे ।

महेन्द्रग्राम माध्यमिक विद्यालयका शिक्षक चक्र बहादुर जागरीले अभियान मार्फत खानेपानी, सरसफाइ र स्वच्छतामा विद्यालयको अवस्थाबारे स्वमूल्याङ्कन गर्न पाएको बताए । यसबाट आफनो विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थाबारे अवगत भएको बताए ।

विद्यालय स्वास्थ्य सचेतना अभियानमा भाग लिए पछि आफूहरुले नयाँ कुरा सिक्न पाएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरे । कक्षा ९ मा अध्ययनरत गोमा श्रेष्ठले खानेपानी, सरसफाइ र स्वच्छताका बिषयमा पनि नयाँ नयाँ कुराहरु सिक्न पाएको बताए ।