ताजा अपडेट

ट्रेन्डिङ

विनायक स्कूलमा भेषभुषा प्रर्दशनी तथा प्रतिभा प्रस्तुति

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र २, २०८०
194 पटक हेरिएको
विनायक स्कूलमा भेषभुषा प्रर्दशनी तथा प्रतिभा प्रस्तुति

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलको ३५ औं वार्षिकोत्सवको उपलक्ष्यमा कक्षा १, २ र ३ का विद्यार्थीहरुको “Traditional Fashion and Talent Show 2080” सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

बागमती प्रदेश सभा सभासद माननीय धनेश्वरी प्रजापतिको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कक्षा १ देखि ३ सम्मका सम्पूर्ण अभिभावक, शुभचिन्तकको उपस्थिति रहेको थियो ।

विद्यालयको मुल नारा ‘एक विद्यार्थी, एक सिप’ लाई सार्थक बनाउन आयोजित कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुले आ-आफ्ना सिप देखाउनुका साथै प्रतिभा प्रस्तुत गरेका थिए । “Traditional Fashion and Talent show 2080” मा भेषभुषा प्रर्दशनी तथा प्रतिभा प्रस्तुति, नृत्य प्रस्तुति, गायन,
तथा Speech लगायत विविध प्रतिभा प्रस्तुत गरिएको थिो ।

साथै उक्त कार्यक्रममा विद्यालयले विभिन्न समयमा आयोजना गरिएका विविध कार्यक्रम तथा Sport Fate 2080 मा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम शान्ति योग केन्द्र अध्यक्ष वालकृष्ण श्रेष्ठ , Miss Mewa Organization की अध्यक्ष हेमा मानन्धर, Miss Mewa 1141, कृषा महर्जन साथै अभिभावक मान सिं ठकुरी तथा बिद्यालय ब्यवस्थापन समितिको सदस्य उषा प्रजापती लगायतका अतिथिहरु‌को उपस्थितिमा भएको थियो ।

यमुना प्रजापतिले संचालन गर्नु‌भएको उक्त कार्यक्रममा शिक्षिका सुस्मा प्रजापतिले स्वागत गरेका थिए । विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका निमित बिद्यालयले यस्ता विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिंदै देश विदेशमा पनि यस विद्यालयका विद्यार्थीहरूले आफ्नो सिप तथा प्रतयभा का कारण राष्ट्रको शिर उच्च वनाउन सफल भएको कुरा बताए ।

vs

431820555 229801313490850 7290040966724824337 n