ताजा अपडेट

ट्रेन्डिङ

मङ्गल बहुमुखी क्याम्पसको नवौं साधारण सभा सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

४ चैत २०८०, आईतबार
68 पटक हेरिएको
मङ्गल बहुमुखी क्याम्पसको नवौं साधारण सभा सम्पन्न

कीर्तिपुर नगरपालिका- १० नयाँबजारस्थित सामुदायिक क्याम्पस मङ्गल बहुमुखी क्याम्पसको नवौ साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका उप प्रमुख तथा क्याम्पस संचालक समितिका सल्लाहकार शुभलक्ष्मी शाक्यले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

क्याम्पस सचालक समितिका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण महर्जनको स्वागत मन्तव्य पछि क्याम्पसका अध्यक्ष प्रा.डा. लक्ष्मीबहादुर महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उनका प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयबाट २०६४ सालमा बि.एड र २०६५ सालमा बी.बी.एस.का कक्षाहरु संचालन गर्दै आइरहेको क्याम्पसको २१२ जना आजीवन सदस्य रहेका छन् । क्याम्पस स्थापना भएको ५ वर्षपछि क्याम्पस भवन बनाउन सुरु गरेर, स्थापनाको १७ वर्ष पछि यसैवर्ष २०८० सालबाट भण्डारी आफ्नै भवनमा पढाई संचालन भएको बताए ।

उनका अनुसार हाल अरु कलेजहरुमा विद्यार्थीसंख्या कम भयो भन्ने हल्ला चलिरहेको वेला मङ्गल बहुमुखी क्याम्पसमा भने विद्यार्थी संख्या बढेको छ । कीर्तिपुर नगर पालिकाले एक घर एक स्नातक छात्रवृत्ति कार्यक्रम अनुसार मासिक शुल्कको ६०% कीर्तिपुर नगरपालिकाले र ४०% क्याम्पस श्रोतले व्यहोर्दै आएकोमा गत वर्षको तुलनामा स्थानीय विद्यार्थीहरु प्रथम वर्षमा १५०% ले बृद्धि भएको जानकारी दिए ।

प्रमुख अतिति तथा अन्य अतिथिहरुले संयुक्त रुपमा मङ्गल रिसर्च जर्नलको चौथो अंकको विमोचन गरे । जर्नलमा ८ वटा अनुसन्धनात्मक लेखहरु रहेको छ । उक्त जर्नल २ महिना पहिले नै नेपजोलमा अनलाईन प्रकाशित भइसकेको थियो भने अहिले क्याम्पसको नवौं बार्षिक साधारण सभाको अवसरमा हार्डकपी पनि विमोचन गरिएको थियो ।

क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा.लक्ष्मी बहादुर महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष प्रा. डा. शिवशरण महर्जन, सल्लाहकार श्रीराम महर्जन, संचालक समितिका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण महर्जन, मङ्गल रिसर्च जर्नलका सम्पादक मण्डलका सदस्य प्रा.डा. धर्मराज डंगोल, उप प्राध्यापक गंगालक्ष्मी भण्डारी लगायतको अतिथिहरुको उपस्थितिमा रहेको थियो।