ताजा अपडेट

ट्रेन्डिङ

मदरल्याण्डको वार्षिकोत्सव “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८०” सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र २५, २०८०
442 पटक हेरिएको
मदरल्याण्डको वार्षिकोत्सव “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८०” सम्पन्न

अन्तर्राष्ट्रिय पदक पाउन सफल सुर्यविनायक वडा ९ भातेढिकुर भक्तपुरकमा रहेको मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८०” ६०० अभिभावकहरुको उपस्थितिमा चैत्र २४ गते भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम-२०८० मा नगर प्रमुख थापाले सुर्यविनायक नगरको विकास निर्माण सँगसँगै शिक्षालाई पनि अब विशेष प्राथमिकता राखेको बताउँदै मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको भनि प्रशंसा गरे ।

विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी ६७ जनालाई सम्मान पत्र वितरण र एसएलसी २०७० व्याचको विदूर कार्कीलाई सशस्त्र प्रहरी अधिकृत भएकोमा “पूर्व विद्यार्थी सम्मान” नगर प्रमुख थापाले गरेका थिए । साथै पूर्व विद्यार्थी विदूर कार्कीले रचना गरेको र कक्षा ८ का विद्यार्थीहरुको स्वर रहेको स्कुल गीत पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा सूर्यविनायक वडा ९ का अध्यक्ष भगवान खत्रीले प्रि स्कुलबाट कक्षा १ मा स्तरोन्नति हुने ६७ जना विद्यार्थीहरुलाई दिक्षित गरेको थियो । अध्यक्ष खत्रीले आफ्नो वडामा रहेको मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको लागि नयाँनयाँ कार्यक्रम ल्याएकोमा खुशि व्यक्त गर्दै अभिभावकहरुले आफ्नो बालबालिका घरमा के गर्दै छन् र मोवाइलमा केके हेरिरहेका छन् भन्ने कुरा ख्याल गर्नु पर्ने बताए ।

सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेतले मदरल्याण्ड स्कुलको गतिविधि एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि गरेका फरक क्रियाकलापले भविष्य निर्माणमा टेवा पुराएको भन्दै मदरल्याण्ड स्कुलको प्रगतिमा २० औँ वर्ष देखि योगदान पुराउने सबैलाई सम्झदै आभार प्रकट गरे । साथै २०८३ सम्म सुर्यविनायक नगरपालिका बाल मैत्री बनाउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, सुर्यविनायक नगर शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवाल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा.कृष्ण प्रसाद ग्वाछा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, जगाति प्रहरी वृत्तका निरिक्षक रमेश थापा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, सचिव कुमार थापमगर, ईप्सन र प्याव्सन भक्तपुरका सचिव विजय कर्माचार्य, जिल्ला खेलकूद समितिका नि.अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गरेका थिए ।

434494869 1078393309906394 6993697133057916156 n

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए । खड्काले शैक्षणिकमा मात्र हैन हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यालयमा स्कुल हेल्थ नर्स राखी नर्सिगं कक्षा बनाइएको, विद्यालयलाई प्रविधिसँग जोडिएको, २०८१ बाट व्यवस्थित विज्ञान र गणित प्रयोगशाला बनाइने र कक्षा १ देखि ७ सम्म संस्कृत भाषाको पनि सिकाई गरिने बताए ।

साथै प्रि स्कुलको लागि विशेष ल्याव बनाई अगाडि बढाइएको, सबै खेलमा विद्यार्थीको चाहना अनुसार सहभागी गराउने साथै बोल्ने र व्यक्तित्व विकासको लागि कार्यक्रम राखिएको बताए । हरेक क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे ।

कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०८० मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १२ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई कक्षा स्तरोन्नति सम्मान गरिएको थियो ।

434409414 1138517043846174 1892283385282443398 n

434412940 435913869100104 1532935028985903102 n

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, समया सापेक्ष विविध प्रस्तुति, गीत तथा नाटकका साथै विद्यार्थीहरुले मार्सल आर्टका डेमो समेत प्रस्तुत गरेका थिए । विद्यालयकी संचालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथि एवं अतिथि लगाएत पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको सो कार्यक्रम बरिष्ठ संचारकर्मी तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले संचालन गरेका थिए ।

434409414 1138517043846174 1892283385282443398 n

434489077 1764638497361318 3443667356222291242 n