आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा ४४ औं शिक्षक दिवसको अवसरमा बुधबार शिक्षक भेला तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाजका अध्यक्ष तथा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइँले साना बालबालिकाका लागि अक्षर चिनाउन विशेष र महत्त्वपूर्ण भूमिका निभाउने आधारभूत तहका शिक्षकहरूलाई कमजोर, नजान्ने भनी फरक दृष्टिकोण राख्न नहुने बताउँदै नयाँ पुस्तालाई छलफल र विचारको माध्यमबाट प्रशिक्षित गर्नुपर्ने बताए ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा भीम आदर्श आधारभूत विद्यालयका प्रअ दीपक माकले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने मञ्चको रुपमा आधारभूत समितिले समयसमयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको र शिक्षकहरूको क्षमता अभिवृद्धिकाे लागि सामाजिक व्यवहार र पेशाप्रति लगनशीलता बढाउन छलफल र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।
कार्यक्रममा शिक्षक चक्रबहादुर चाकतु, गणेश माविका प्रअ गणेशराम थुसा, समितिका सचिव सुर्यबहादुर फोजू लगायतले बोलेका थिए ।