ताजा अपडेट

ट्रेन्डिङ

ग्ल्याडस्टोन एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२७ ब‌ैशाख २०८१, बिहिबार
123 पटक हेरिएको
ग्ल्याडस्टोन एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मध्यपुर थिमि नपा ८ बोडे मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ग्ल्याडस्टोन एकेडेमी र नवछात्रोदय पुस्तकालय बाहाखाबजारको संयुक्त आयोजना एवं धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराएको ग्ल्याडस्टोन एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले जानकारकी दिए ।

शिविरमा मधुमेह, उच्चरक्तचाप, आँखा परिक्षण, इसिजी लगायत सेवाहरु निःशुल्क प्रदान गरिएको थियो । ग्ल्याडस्टोन समुदायमा भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले एकेडेमीको सामाजिक जनउत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, सचेतना र परामर्श कार्यक्रम आयोजना गरिएको ग्ल्याडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाले जानकारी दिए ।

ग्ल्याडस्टोन एकेडेमीको प्राइमरी ब्लकमा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय बासिन्दा, केटाकेटी, महिलादेखि बृद्धबृद्धाहरुले पनि स्वास्थ्य परिक्षण गराएका थिए ।