ताजा अपडेट

ट्रेन्डिङ

बुद्ध जयन्तीमा किड्स जोनका विद्यार्थीले गरे गुम्बाको सरसफाइ

Gyan Khabar

ज्ञानखबर संवाददाता

१० जेठ २०८१, बिहिबार
54 पटक हेरिएको
बुद्ध जयन्तीमा किड्स जोनका विद्यार्थीले गरे गुम्बाको सरसफाइ

कैलालीको अत्तरियामास्थित किड्स जोन एकेडेमीका विद्यार्थीले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका छन्। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार विद्यार्थीहरूले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका हुन्।

विद्यालयले कक्षा २ र ३ का विद्यार्थीलाई बौद्ध गुम्बामा अध्ययनका लागि लगेको थियो। गुम्बामा केही समयको अध्ययन पश्चात विद्यार्थीले सरसफाइ गरेको विद्यालयका सञ्चालक मदन जोशीले बताए।

उनले भगवान गौतम बुद्धको जीवनयात्रा, बुद्धसँग सम्बन्धित विभिन्न विषयवस्तु र बौद्ध धर्मको बारेमा विद्यार्थीलाई ज्ञान प्रदान गर्ने उद्देश्यलका साथ विद्यार्थीलाई गुम्बा अवलोकनका लागि लगिएको बताए।

विद्यार्थीहरूले गुम्बाका लामाबाट भगवान गौतम बुद्ध र र बौद्ध धर्मको बारेमा जानकारी लिएका थिए। 

विद्यार्थीहरूले एक साथ दुई वटा ज्ञान प्राप्त गरेको जोशीले भने । भगवान गौतम बुद्धका बारेमा ज्ञान प्राप्त गर्नुका साथै हाम्रा सम्पदा सफा राख्नुपर्छ भन्ने ज्ञानसमेत विद्यार्थीले प्राप्त गरेको बताउँदै आगामी दिनमा पनि यस्ता खाले क्रियाकलाप गर्दै अगाडि बढ्ने बताए ।