ताजा अपडेट

ट्रेन्डिङ

‘राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम’ का लागि ८७ करोड बजेट

Gyan Khabar

ज्ञानखबर

मङ्ल, जेष्ठ १५, २०८१
342 पटक हेरिएको
‘राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम’ का लागि ८७ करोड बजेट

अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेको हो ।

राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेका थिए ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएको हो ।