ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी मा.वि. मा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ जेठ २०८१, शुक्रबार
111 पटक हेरिएको
वागीश्वरी मा.वि. मा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

भक्तपुर कमलविनायकस्थीत वागीश्वरी मा.वि. मा शैक्षिक सत्र २०८१ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य छोरीमैँया सुजखुको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनले विद्यार्थीहरु पाठ्यपुस्तकमा मात्र सीमित नभई देशको समसामयिक विषयमा अद्यावधिक भई रहनुपर्नेमा जोड दिए । विद्यार्थीमा देशप्रेमको भावना अनिवार्य रुपमा हुनुपर्ने भन्दै उनले हाम्रो जन्मभूमि जन्म दिने आमा जतिकै हुन्, नेपाल आमाको सेवामा हामी समर्पित हुनकै लागि हामीले पढ्ने हो भने ।

कार्यक्रममा विद्यालयका संयोजक ज्ञानसागर प्रजापतिले शिक्षा मन्त्रालयले हालै वागीश्वरी स्कुललाई देशका उत्कृष्ट १५ विद्यालयमध्येको एक भनी सार्वजनिक गरेको तथ्यमाथि प्रकाश पार्दै भने– ‘हामी अरु कसैसँग प्रतिस्पर्धा नगरी आफैसँग प्रतिस्पर्धा गरेर अघि बढ्छौँ । गत वर्षभन्दा यो वर्ष र यो वर्षभन्दा आगामी वर्ष प्रगति गर्न सबै आफू आफैसँग प्रतिस्पर्धा गरौँ । त्यसको लागि हामी विद्यार्थी–विद्यार्थी, शिक्षक–विद्यार्थी, विद्यालय– अभिभावकहरुबीच आपसमा हातेमालो गर्छाै ।’

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुशासन नै विद्यार्थीको गहना भएकाले वागीश्वरी नमुना स्कुल बन्न विद्यार्थीको अनुशासनले साथ दिएकोमा विद्यार्थीहरुको प्रशंसा गरे ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्र.अ. द्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालका साथै कार्यक्रम आयोजक समितिका संयोजक विश्वराम प्रजापति र विद्यार्थी सम्भवी प्रजापतिले पनि स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए । पहिलो चरणको कार्यक्रमपछि विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम भएको थियो ।