ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अभिभावकहरूको भूमिका विषयक प्रवचन कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ १९, २०८१
442 पटक हेरिएको
विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अभिभावकहरूको भूमिका विषयक प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १७ औं स्थापना दिवसको उपलक्ष्यमा सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यको अभिभावक शिक्षा अन्तर्गत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अभिभावकहरूको भूमिका विषयक प्रवचन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङ्, भक्तपुरस्थित गणेश माध्यमिक विद्यालयमा प्रवचन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि लेखक पर्यावरणीयविद एवं होटल उद्यमी कर्ण शाक्यले सकारात्मक सोच राख्ने सम्बन्धमा प्रवचन एवं मार्ग निर्देशन दिए। सुविधाभोगी मानिस अल्छी हुने र कहिले सफल नहुने भएकोले दुःख पीडा र समस्या नै सफलताको साँचो हो, आफ्नो जीवनका घटनाक्रम नै उदाहरण हुन्। त्यसकै परिणाम सोच पुस्तक हो जुन अत्याधिक रुचाइएको एउटा कृति भएको कुरा घटनाक्रमबाट पुष्टि गर्नुहुँदै उनले दुःख बुझे लक्ष्य बन्छ र लक्ष्य बने सफलता हात मिल्छ ।

उनले भने ‘सफल मान्छे सामान्य हुन्छ, त्यसकारण सबैभन्दा पहिला आफूलाई हेर चिन र अगाडि बढ अवश्य सफलता मिल्छ’। डा. सन्दुक रुइत, डा.भगवान कोइराला, डा उपेन्द्र देवकोटा जस्ता व्यक्तित्व जसले दुर्गम पहाडी गाउँमा जन्मेर विदेशमा अध्ययन गरी स्वदेशमै सेवामा लागे, यो नैतिकता देश प्रेम र सामाजिक विकासको कदम हो।

अरुलाई सुझाव दिन सक्ने, अरुको दोष केलाउन सक्ने, जिम्मेवार बोध गराउन सक्ने तर आफ्नो काम थाहा नपाउने प्रवृत्तिले समाज र देश पछाडि परेको उदाहरण दिदै नेपाल जैविक विविधताको धनी देश, स्रोत साधनले सम्पन्न देश भएर गलत संस्कारको र निम्न कोटीको सोचको कारण भएको कुरा अतिथि शाक्यले बताए।

उनले विद्यार्थी भाइबहिनीलाई कर्म धर्म हो। सम्मान गर्नुपर्छ उद्यमी व्यवसायी बन्न र कुनै सफलता प्राप्त गर्न सिँडी पार गर्दै जानुपर्ने भएकोले आफ्नो आर्थिक अवस्था हेरेर चिन्ता लिनु हुँदैन मन ठूलो बनाउनुपर्छ, डर घमण्ड र स्वार्थ त्याग्नुपर्छ, सकारात्मक सोच राख्नुपर्छ, विदेशमा गएर नोकर बन्ने होइन स्वदेशमै मालिक बन्ने सोच राख्नुपर्ने कुरामा जोड दिए।

साथै उनले अभिभावकहरूलाई सकारात्मक सोच राख्नुपर्ने औल्याउँदै आफू सफल हुनमा आफ्नी आमा हुन्, बुबाको धनबाट उद्यम गरिएला सफल होला तर आमाको ममता नभए असल हुन नसक्ने भन्नुहुन्दै आफू ज्वलन्त उदाहरण भएको बताए । त्यसकै परिणाम आज राष्ट्रिय स्तरको व्यक्तित्व रहेको सुनाए।

240601171721778434478d2408b6b 47f2 47d6 892e c5db718f66ff

असल संस्कार दिएर हुर्काउनुपर्ने र आफ्ना सन्तानलाई गृहकार्यको दबाब दिने तथा डकर्मी भरिया हली बन्ने? भन्ने जस्ता शब्द प्रयोग गरी विभेद ल्याउनु हुँदैन। श्रमको सम्मान गर्नुपर्छ । उनले भने,” पैतृक सम्पत्तिको आडमा हुर्के बढेर इज्जतमा रहनेको अंश सम्बन्धी कलह हुने र पारिवारिक वातावरण बिग्रिनेछ। त्यसकारण स्वावलम्बी बन्न प्रेरणा दिनुहोस्, कर्तव्य बोध गराउनुहोस् ।”

विद्यालयका प्रधानाध्यापक इन्द्र फोजु, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष राम प्रसाद खर्बुजा, उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष बुद्धिकुमार मुस्याख्वा, पूर्व अध्यक्ष दिनेश चुल्याद्यो, पूर्व अध्यक्ष श्यामप्रसाद मानन्धर, नि. वर्तमान अध्यक्ष गंगाराम मानन्धर, सकारात्मक सोच अभियान संयोजक प्रबिन शाक्य, किर्तिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, कार्यक्रम संयोजक, अल्बर्ट बज्राचार्य लगायतका व्यक्तिवहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्तमा विद्यालयका प्रधानाध्यापक इन्द्र फोजूले लेखक पर्यावरणविद संरक्षणवादी एवं होटल उद्यमी कर्ण शाक्यलाई विद्यालयको तर्फबाट मायाको चिनो र विद्यालयको स्मारिका प्रदान गरेको कुरा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका महासचिव कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्यले जानकारी दिए।