ताजा अपडेट

ट्रेन्डिङ

सिद्धिगणेश साकोसमा १५ दिने पाक शिक्षा तालिम सुरु

Gyan Khabar

ज्ञानखबर

बुध, असार १२, २०८१
329 पटक हेरिएको
सिद्धिगणेश साकोसमा १५ दिने पाक शिक्षा तालिम सुरु

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको युवा उपसमितिको आयोजनामा पन्ध्रदिने पाक शिक्षा तालिम सिद्धि गणेश तालिम हल, खँचामा सुरु भएको छ ।

तलिमको शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले बचत सेवा तथा ऋण सुविधाका साथ साथै विभिन्न सिपमूलक तथा आयमूलक तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताउदै संस्थाबाट तालिम लिएर तालिम सम्बन्धि व्यवसाय सुरु गर्न प्रोत्साहन दिए । साथै तालिम प्राप्त सदस्यहरुको व्यवसायिक प्रगती र सफलता प्रतक्ष रुपमा देख्न पाउँँदा संस्था आफै सफल भएको अनुभुति हुने बताए ।

कार्यक्रममा तालिमका प्रशिक्षक सुनिल सुवालले कुनै पनि काम गर्दा सुरुवातमा संघर्ष नगरी सफलताको शिखर चुम्न नसक्ने कुरा औँल्याए । साथै कर्म प्रति निष्ठावान भएर निरन्तर रुपमा लागि रहे बिस्तारै आफ्नो क्षमता र सिपमा निपुणता झल्किदै जाने र सफलता अफै पछ्याउँदै आउने बताए । उनले नयाँ सिप र ज्ञानका लागि तालिम आवश्यक हुने बताउदै पाक शिक्षामा आधरभुत ज्ञान भए विभिन्न परिकारहरु सजिलै बनाउन सकिने भने ।

कार्यक्रमका सभापति युवा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुलले सहकारी संस्थाका सदस्यहरु संस्थाको मालिक हुन भन्दै सहकारी संस्थाहरु सदस्य प्रति जिम्मेवार भई उनीहरुको आर्थिक, सामाजिक तथा बौद्धिक बिकास गर्ने लक्ष्यका साथ अघि बढ्नु पर्नेमा जोड दिए । दुमरुले आवश्यक तालिम लिइ अत्मनिर्भर बन्न सके वैदेशिक रोजगारीमा जानु भन्दा स्व–देशमै व्यवसाय शुरु गरी सफल बन्न सकिने बताए ।

कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रर्वद्धन अधिकृत बिमल लवजुले पनि बोलेका थिए ।