माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा उत्तीर्ण हुन सफल भएका विद्यार्थीहरुको लागि आदर्श आजाद मावि,भक्तपुरको आयोजनामा बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले विद्यार्थीहरुले निरन्तर अध्ययनशील हुनुका साथै पाठ्यपुस्तक बाहेकका पुस्तकहरु पनि निरन्तर अध्ययन गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए ।
एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बधाईज्ञापन तथा मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथि बिजुक्छेंले राष्टिय अन्तर्राष्टिय ख्याती प्राप्त जो समाज देश समुदायको लागि जीवन समर्पित गर्ने व्यक्तित्वहरुको जीवनी र साहित्य अध्ययन गर्नुपर्ने कुरा बताए।
कार्यक्रममा विद्यालयका प्र.अ. श्रीकृष्ण किसीले उत्तीर्ण विद्यार्थीहरुलाई उच्च शिक्षामा सफलताको शुभकामना व्यक्त गर्दै आदर्श आजाद मा.वि. पनि शैक्षिक केन्द्रको रुपमा विकास गर्दै आएको कुरा बताए ।
कार्यक्रमका अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र चवालले विद्यार्थीहरुले आफूले पाएको ग्रेडले भन्दा पनि आफ्नो असल व्यवहार र अध्ययनमा निरन्तरताले मात्र उच्च शिक्षामा सफलता पाउने कुरा बताउदै देशमै भएका विषयहरु अध्ययन गर्नुपर्ने धारणा राखे ।
सो कार्यक्रममा सहायक प्र.अ.चक्रबहादुर चाकतु, मानविकी विषय इन्र्चाज राजेन्दबहादुर कायष्ठ,शिक्षा विषय इन्चार्ज प्रेमजन थापाश्रेष्ठ, कानुन विषय इन्चार्ज लक्ष्मीसुून्दर सुवाल लगायत शिक्षक राकेश सुकुपायोले समेत विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै मार्गनिदेशन गरेका थिए ।