ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा स्वास्थ्य सचेतना कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ २८, २०८१
490 पटक हेरिएको
विनायकमा स्वास्थ्य सचेतना कार्यक्रम

स्वस्थ शरीर गुणस्तरीय शिक्षा: विद्यार्थी सचेतना विनायकको इच्छा भन्ने कुरालाई आत्मसात गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर थिमी, भक्तपुरले भाद्र २७ गते मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ को प्राविधिक सहयोगमा स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको योजना अन्तर्गत विद्यालय तहमा हाल महामारीको रूपमा मौसमी रोगको नामले परिचित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गी रोग र यसबाट कसरी बच्न सकिन्छ अनि डेङ्गी रोगको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुलाई डेङ्गी रोगका लक्षण, लामखुट्टेको वृद्धि हुने स्थान, लामखुट्टे सक्रिय भएर टोक्ने समयका बारेमा, यसको उपचार पद्धति तथा लामखुट्टेको वृद्दि विकास नियन्त्रण गर्ने विधिका बारेमा अन्तरक्रियात्मक शैलीमा अभिमुखीकरण गरिएको थियो ।

त्यस्तै सोही दिन कक्षा आठका विद्यार्थीहरूका लागि वर्ल्ड पिस फाउन्डेसन र रोट्र्याक्ट क्लब अफ मध्यपुरको संयुक्त आयोजनामा महिनावारी स्वास्थ्यका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण गरिएको थियो । प्राकृतिक नियम अनुसार किशोरी अवस्थाबाट सुरु हुने महिनावारी प्रणाली, यस्तो अवस्थामा किशोरीहरुले ध्यान पुर्याउनुपर्ने कुराहरु, स्वास्थ्य एवं सरसफाईका विषय र यससँग सम्बन्धित विविध कुराहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।