ताजा अपडेट

ट्रेन्डिङ

एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

Gyan Khabar

ज्ञानखबर

७ असोज २०८१, सोमबार
204 पटक हेरिएको
एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा १ लाख १९ हजार ४२५ जना (५६.७८ प्रतिशत ) ग्रेड वृद्धि(पास) भएके छ । कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ ।

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । जीत्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा  सञ्चालित एसइईको नियमित परीक्षामा पनि  ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षा दिने अवसर दिएको थियो ।