ताजा अपडेट

ट्रेन्डिङ

महोत्सव प्रचारार्थ दुई दिने फोटोग्राफी तालिम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, मंसिर १५, २०८१
191 पटक हेरिएको
महोत्सव प्रचारार्थ दुई दिने फोटोग्राफी तालिम सम्पन्न

यही मंसिर २८ गतेदेखि पुष २ गतेसम्म संचालन हुने पाँच दिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ फोटोग्राफी समाज नेपाल भक्तपुरको आयोजनामा Faces of Bhaktapur विषयमा दुई दिने फोटोग्राफी तालिम शनिवार सम्पन्न भएङ्को छ ।

उक्त तालिमका प्रशिक्षक वरिष्ठ फोटोग्राफर दीपेन्द्र बज्राचार्यले भक्तपुर महोत्सवमा प्रदर्शन हुने फोटो वा तस्विरको विचारलाई समय र मितिको सामान्य प्रस्तुतिबाट प्रभावकारी बनाउने बताउँदै कुनैपनि निजी क्षेत्र र सम्पतिको फोटो खिच्दा सर्वप्रथम स्वीकृति लिन कन्जुस्याई गर्न नहुने बताए । उनले भक्तपुर महोत्सवबाट भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन भक्तपुको मौलिक आर्किटेक तथा मौलिक दैनिक जीवन प्रस्तुत गर्दा फोटो वा तस्विरको कथा र अवधारणा प्रष्ट हुनुपर्ने बताउँदै निकट भविष्यमा भक्तपुर विशेष राष्ट्रव्यापी फोटोग्राफी प्रतियोगिता संचालन गर्न आयोजक संस्थालाई सुझाव दिए ।

आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद चवालले भक्तपुर महोत्सवलाई सभ्य र भव्य बनाउन सहयोगी भूमिका स्वरुप फोटोग्राफी तालिम संचालन गरेको बताउँदै क्वाठण्डौ टोलमा राष्ट्रव्यापी बाँसुरी प्रतियोगिता,Faces of Bhaktapur विशेष फोटो र क्यानभास समेत प्रदर्शनी हुने बताए ।