ताजा अपडेट

ट्रेन्डिङ

एक बाच्छोको माँमाँ

Gyan Khabar

अर्जुन कोन्दा

१९ मङ्सिर २०८१, बुधबार
199 पटक हेरिएको
एक बाच्छोको माँमाँ

हुस्सु र कुहिरोले हो कि नजिकको मान्छे पनिचिन्नमुश्किलथियो । अनिचौरको घाँसे मेैदानपनिशीतले सेताम्यथियो । चिसो अलि बढ्न थालेकोले हो कि बिहानकमलपोखरीको डिलमा शारिरीक व्यायामतथा दौडमा आउनेहरुको पनिदुई आँखाहरु मात्र देखिन्थे । अनिहातमापुजाको थालीबोक्नेहरुको गनगनले मन्दिर गुन्जायमानभइरहँदा सेतो चैत्य नजिकै एउटा बाच्छो थचक्क बसेर मानिसहरुलाई पुलुपुलु हेर्दैथ्यो । त्यो बाच्छो मानिसहरुको भीडमा कहिले यता हेथ्र्यो त कहिले उता हेथ्र्यो । सायद कसैलाई खोजिरहेको हनुपर्छ । तर बाच्छोलाई लिन कोहीआउँदै आएन ।

मन्दिरको छेउमा योग गर्नेहरु गीतको धूनमाहातगोडा चलाउँदै थिए । मन्दिरको ढोकानेर पूजा सामग्री बेच्न एउटा सानो टेबल राखिएको थियो । छेउमाथिएग्राहकभक्तजनको प्रतीक्षागर्दै गरेका एकजनाअधर्बैसे पुरुष । अर्को पाटीमा एक जनालामाआसनजमाउँदै बुद्ध धर्मका ऋचाहरु पाठ गर्दै थियो । अनिबीचबीचमाजलछर्केर आर्शीवाददिदै श्रद्धालु भक्तजनलाई खुशीपाथ्र्यो । अनिभक्तजनहरु दक्षिणा चढाउँदै त्यो लामालाई खुशीपार्थे ।

कहिलेकाँहीमन्दिरमा घण्टी बज्थ्यो । यताभोकले हो कि आमासँगको विछोडको शोकले हो त्यो बाच्छोले माँमाँआवाजनिकाल्थ्यो । त्यो आवाज सानो बच्चाको रोदनजस्तै थियो ।मानौँ, सानो बच्चाले भोक र कठ्याङ्ग्दिो जाडो सहननसकेर आफ्नो आमाको लागिगरेको चित्कार थियो त्यो आवाज । त्यो आवाजत्यस्तो थियो, मार्नौ मुटु नै रेटिएर बजेको सारङ्गीको धूनजस्तो । त्यो आवाजमा रोग,भोक र शोक मात्रथिएन, एउटा नवजातशिशुले आमाको न्यानो कोख विछोडिदा शिशुलेगरेको आमाको खोज थियो ।त्यो पिडादायी आवाज एकक्षणमा हराउँथ्यो र फेरि बारम्बार दोहोरिरहन्थ्यो ।

त्यो बाच्छोेकोमुखभित्र के थियो कुन्नि,के के चपाइरहन्थ्यो बीचबीचमा । अनि फेरि उहीआवाज दोहो¥याई रहन्थ्यो । मान्छेको जातै तमासे भएर हो कि उसको त्यो कृयाकलाप सबैले देखिरहे, तर कसैले वास्ताभने गरेनन् ।आँखामात्र देखिने गरी आएकाभक्तजनहरुको आँखामात्यो पिडा स्पष्ट झल्कन्थ्यो । तर झल्केर पनिकसैले केगर्न सक्थे र ?वा सके पनि गरेनन्।

रातभरि चिच्याउँदापनित्यो बाच्छोको आवाज सुनेर उसलाई हेर्न आउने कोहीभएन । बरु नजिकका कुकुरहरुबाच्छोको आवाजआउञ्जेल भएपनि केहिबेर मौन हुन्थे । यस्तो लाग्थ्यो कि, बरु ती कुकुरहरुमापशु चेतनाजागृत थियो । त्यसैले कुकुरहरु पनि टाउको उठाएर बाच्छोलाई हेर्थे ।
बिस्तारै सुर्यको किरणले हुस्सुलाई चिर्दै गयो ।पुर्वतिर सुनौलाबादलको घेराबाट रातो पहेँलो सुर्य उदाउँदै गर्दा दुध बेचिसकेर एक जनाभर्खरका युवादुधको क्यानभुइमा राख्दै नजिकको चियापसलमा छिरे ।

हर्क सर, नमस्ते , पसलेले भने ।
नमस्कार, हर्क सरले जवाफफर्काए । एउटा मेचमा बस्दै पसलेलाई दुधचियाबनाउनअ¥हाए । चियापाक्दै थियो । हर्क सरले पसलबाहिर हेरे । अघिको बाच्छोले आफूतिर हेरिरहेको देखे । हर्क सर हतासमापसलभित्र छिरे । पसलेले सोधे, के भो हर्क सर?
हर्क सरले अनुहार मलिनबनाउँदै भन्नथाले, के हुनु नि?हिजो मात्र त्यस बाच्छोलाई तर्साइ तर्साइ गाउँबाट यहाँसम्म पु¥याइयो । आजमलाई हेरेर बसिरहेको छ । सायदमसँगै फर्किन बेर लगाउने छैन ।
पसलेले भने, तपाईले ल्याउनुभएको रहेछ, अनि त तपाईलाई हेरेर बाँबाँगरिरहेछ ।
अस्तिदुई पटक त मसँगै फर्कन खोजे नि । धन्न, बाटो छलेर उम्किएँ, हर्क सरले भने ।
अनितपाईजस्तो धर्मको महिमागाउने र पुराण वाचनगर्नेले महादेवको वाहनलाई पूजा गरेर राख्नु पर्दैन त?पसलेले जिस्काईहाले ।
आफूुले जोत्नु भएन, दुधदिदैन। मार्नु भएन, काट्नु भएन । अनि त के गर्ने?हर्क सरको यथार्थवादीजवाफ सुनेर पसलमाचियाखानआएकामानिसहरु गलललहाँस्नथाले । अनिपूजा गरेर राख्नु पथ्र्यो नि?अस्ति डोलेश्वरमा त खुव ढोग्थ्यौ त?चियाखाँदै गरेका अर्को युवाले भने ।
हर्क सरले जवाफ नै दिन सकेनन् । मुसुमुसु हाँसिरहे ।

पसलेले चियाहातमा ठम्याउँदै फेरि हर्क सरको बिहेको कुरा झिकीहाले, यस पालीमंसिर पनि सकिनलागिसक्यो, बिहेको भोज खुवाउने होइन?
फेरि पसलबाहिर आएर त्यस बाच्छोले माँमाँग¥यो । पसलेले बाच्छोलाई ढपाउन खोजे । तर बाच्छो कतै जाँदै गएन । पसलनजिकै थचक्क बसे ।
केको भोज खुवाउनु ? अमेरिकाको भिसानलागेपछि हुननसकेको ससुरोले छोरी अन्तै दिएनि, हर्क सरले भने पसलमा फेरि हाँसोको फोहोरा छुट्यो ।
नमानेपछिभगाउनु पथ्र्यो नि, एकजनालेजिस्काइहाले ।
भगाउन त हुन्थ्यो नि । आठ वर्ष प्रेम गरेको रामरी विवाह गरोैँ जस्तो लाग्यो । हातलाग्यो शुन्य ।
हर्क सरको कुरामा रमाइलामान्नेहरु बढ्न थाले ।
यतिकावर्षसम्म के हेरी बस्नुभएको नि?पसलेले सोधे ।
सहमति नै अमेरिकाको भिसाथियो । आफूले भिसा नपाएपछि भिसाहुनेलाई छोरी दिएनि, हर्क सरले अप्थेरो मान्दै भने ।
खोजिआऊपहिले सरकारी जागिर भनेको फेल खाएछ । अब त खोजीआऊपहिले अमेरिकीभिसापो भन्नुपर्ने भएछ । अर्कोले जिस्काइहाले ।
हो नि, पसलेले भने ।
बाहिर अघिको बाच्छोले पनिपसलतिर हेरेर गफ सुनिरहेको थियो । उसले बुझ्यो या बुझेन, बाँबाँमाँमाँगर्न थाल्यो । पसलेले फेरि जिस्काइहाले, बाबाभन्ने बाहिर हुँदाहुँदै विहे गर्न खोज्ने हो त?

पसलमा रमाइलो गन्थनचल्दैथ्यो । विचरा हर्क सर सबैको व्यङ्ग्यको सिकार बने ।पसलमाकहिलेकाँही राजनीतिको कुरा चल्थ्यो । कोहि पैसा कमाउनकिर्तिपुरमा ल्यापटप लिएर जानुपर्ने भन्दै हाँसीमजाकगर्दै थिए । कोहीभने सहकारी ठगी प्रकरणबारे गनगनगर्दै थिए । नेपाल र चीनबीचकार्यान्वयनपर्खिरहेको विआरआइ सम्झौताबारे प्रधानमन्त्रीको आलोचनागर्ने पनिपसलमाकमथिएन । कोहीभने आनाआना र करोड करोडको गफगर्दै थिए । तर चियाको पैसा तिर्न एक अर्कालाई भनिरहेका थिए ।अनि टि.भी.माभक्तपुर महोत्सवको चर्चा भइरहेको थियो ।

फेरि चियापसलकोे गफले अर्को मोड लियो । पसलमा कोट पाइन्ट लगाएका एक जना मान्छे लुसुक्क पसे । उनको नामविनोद रहेछ । उनले बाहिरबाटै हर्क सरलाई नमस्कार गयो ।हर्क सरले भने, विनोद सर नमस्कार । साहूजीलाई अर्को चियाबनाउनभन्दै हर्क सरले विनोद सरलाई सोधे, यसपालिकुनचुनाव चिन्हबाट लड्ने भइयो त? कि उहीगाई नै हो ?
विनोद सरले केहि भन्नु भएन । पसलमाआएकाअरुले भने गाइहोइन, अब गोरुचिन्हमा लड्ने होला । विनोद सरले चारैतिर रिसाउँदै हेरे । देशखानेलाई केहि भन्नु छैन, के मलाई मात्रभन्नुभएको?
सबैजनाचुपलागे । एकजना बूढोले सानो स्वरमाभने, यसपालिको चुनाबमाबियर खानबोलाउनुस् नि फेरि । पेट्रोल खर्च नभएनि हुन्छ । पेट्रोल एउटाले दिन्छ, मासुभात अर्कोले दिन्छ, हजुरले चैँ वियर दिनुपर्छ है ।
रातोपिरो मुखलगाउँदै हर्क सर र विनोद सर पसलबाट निस्के । बाच्छोले फेरि बाँबाँग¥यो ।