ताजा अपडेट

ट्रेन्डिङ

आज भक्तपुरमा म्युजिक फेस्टिवल

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर ३०, २०८१
1053 पटक हेरिएको
आज भक्तपुरमा म्युजिक फेस्टिवल

आज य:मरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुँदैछ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुर प्रोजेक्ट अन्तर्गत य:मरी पून्ही म्युजिक फेस्टिवल २०८१ आयोजना गरेको हो ।

एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ भक्तपुर-५ साकोथास्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयमा उक्त म्युजिक फेस्टिवल आयोजना गरेको संयोजक सुनिल लोहलाले बताए ।

फेस्टिवलको विशेष आकर्षणका रूपमा वरिष्ठ भ्वाइलिन बादक मिलन तण्डुकार तथा तबला वादक मिलेश तण्डुकारको शास्त्रीय बादन प्रस्तुति रहने छ । त्यस्तै संगीत ग्रामका तर्फबाट गीता स्तुति गान, य: मारी पुन्ही विशेष गीतहरूमा भक्तपुरका प्रशिद्ध गायक गायिकाहरु क्रमशः लक्ष्मण पलिखेल, सानुमैया धाैभडेल, सर्मीला मुलेपती, सत्य नारायण प्रजापति लगायतबाट प्रस्तुति रहनेछ ।

IMG 20241215 WA0004 e1734238331953

कार्यक्रममा आफ्ना मौलिक गीतहरू लिएर रोशन धाैभडेल, एलिस घिमिरे, प्रिया बस्नेत, आशिष लोहला, मन गोसाई, सुनिल शाही आफ्ना सुमधुर स्वर सँगै आउँदैछन् भने अन्त्यमा सम्पूर्ण वाद्यवादकहरु मथ्यु सुब्बा, आशिस लोहला, अभय कटरिया, तिलस्मी प्रजापति, काव्य ढुकुछु, सुदिन लाछिमस्यू, समुयल गन्धर्व, विपुल खतिवडा, प्रवेश महर्जनका साथमा सुनिल लोहलाको कम्पोज रहेको फ्युजन संगीत प्रस्तुत हुनेछ ।

IMG 20241215 WA00021

आज दिउँसो १ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने आयोजकले बताएको छ ।

NQglgMQ

Mf1

ShONx5hW

Mf2