नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा करारमा भर्ना गर्ने गरी कर्मचारी माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ए.ट्रा.स. सातौं तह, बरिष्ठ अधिकृत पदका लागि कर्मचारी माग गरेको हो ।
प्राधिकरणको स्वीकृत दरबन्दीमा रिक्त रहेका देहाय बमोजिमका पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्न कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले २१ दिनभित्र प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मार्फत दरखास्त दिन सकिनेछ ।