त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त निम्न लिखित प्रशासनिक/प्राविधिक पदहरु बढुवा, आन्तरिक तथा खुला/समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसीर २० गतेसम्मको संशोधनसहित) मा भएको व्यवस्था बमोजिम दरखास्त आव्हान गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले फागुन ६ गतेदेखि चैत्र ११ गतेसम्म त्रि. वि. सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मार्फत अनलाइन दरखास्त दिन सकिनेछ ।