नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
लोक सेवा आयोगबाट सहमती भए बमोजिम प्राधिकरणमा रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मार्फत दरखास्त दिन सकिनेछ ।
बैशाख ४ गतेसम्म तोकिएबमोजिमको दरखास्त दस्तुर र बैशाख ११ गतेसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।
#CAAN #VACANCY #GOVERNMENTJOB #CIVILAVIATION