ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा रोपाई कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, असार ५, २०८२
463 पटक हेरिएको
विनायकमा रोपाई कार्यक्रम सम्पन्न

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई. स्कुलले असार ५ गते धान रोपाई कार्यक्रमको आयोजना गरेको छ ।

कृषि प्रधान देश नेपालका अधिकांश किसानहरूको दिनचर्याबारे बाल्यावस्थादेखि नै ज्ञान दिने उद्देश्यले पूर्व प्रावि तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त रोपाई कार्यक्रममा कक्षा १ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए।

विशेष गरेर विद्यार्थीहरुलाई धान कसरी रोप्ने, त्यसका लागि माटो कसरी बनाउने, त्यसको गोडमेल कसरी गर्ने र त्यसलाई पाकिसकेपछि कसरी थन्क्याउने भन्ने व्यावहारिक ज्ञान दिने उद्देश्यले सो कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको कुरा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताए।

विद्यार्थीहरुले धान रोपाई र कृषि कर्मका हरेक गतिविधि प्रत्यक्ष देख्न र बुझ्न अनि महसुस गर्न सकुन् भन्ने उद्देश्यले विद्यालय परिसर भित्रै सो धान रोपाई कार्यक्रम आयोजना गरिएको हो।

आज विद्यार्थीहरूद्वारा रोपिएको धान पाकिसकेपछि विद्यार्थीहरु आफैले काटेर झार्ने तथा थन्क्याउने परम्परा विद्यालयको रहेको कुरा पूर्व प्रा वि तहका शिक्षिकाहरुले बताए।