सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि आन्तरिक तथा बढुवा तथा खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
लोक सेवा आयोगबाट सहमती भए बमोजिम टेलिभिजनमा रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।
इच्छुक ब्यक्तिले नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np मा गई Online Application मार्फत् वा सीधै vacancy ntv.org.np/job-list मार्फत् अनलाइन प्रणालीमार्फत आवेदन/दर्खास्त फारम भर्न सकिने छ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सूचनामा तोकिएबमोजिमको दरखास्त दस्तुर र २१ दिनपश्चात् थप ७ दिनसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।