ताजा अपडेट

ट्रेन्डिङ

बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन

Gyan Khabar

ज्ञानखबर

बुध, पुस ९, २०८२
84 पटक हेरिएको
बागीश्वरी माविमा निःशुल्क जन्मजात हृदयरोगको प्रारम्भिक परीक्षण उपचार शिविर सञ्चालन

भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर आजबाट शुभारम्भ भयो ।

gk gyankhabar healthcheck fe

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग भएको हुँदा मुटुमा हुने कुनै पनि किसिमको समस्याले मानव जीवनलाई नै जोखिममा कम गर्न सक्ने हुँदा सजग हुनुपर्ने बताउनुभयो ।

आजबाट ४ दिन सञ्चालन हुने मुटुरोगको प्रारम्भिक परीक्षण शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढीको मुटु परीक्षण हुने बताउँदै उहाँले भविष्यमा हुने जोखिम नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

gk gyankhabar healthcheck 01

अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. बसन्त पन्तले मुटु परीक्षण शिविर सञ्चालनसँगै भक्तपुरमा सम्भाव्यता अध्ययनमा पनि जोड दिने बताउनुभयो ।

कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका रामेश्वर मचामसीले बागीश्वरी कलेज केन्द्रमा३ हजार ६३६ जना विद्यार्थीको मुटुको परीक्षण, न्यातापोल सेकेन्डरी स्कुलमा १४५४, बागेश्वरी मावि च्यामासिंहमा २४७७, खोप्रिङ इङ्लिस एकेडेमीमा ११८७ गरी ८७३४ जनाको गरिने अवगत गराउनुभयो । शिविरमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।