ताजा अपडेट

ट्रेन्डिङ

मिनर्वा स्कुलमा जापानीज केन्दामा विश्वच्याम्पियन र प्राज्ञिक व्यक्तित्वको विशेष भ्रमण

Gyan Khabar

ज्ञानखबर

मङ्ल, माघ १३, २०८२
244 पटक हेरिएको
मिनर्वा स्कुलमा जापानीज केन्दामा विश्वच्याम्पियन र प्राज्ञिक व्यक्तित्वको विशेष भ्रमण

शिक्षा र खेलकुदको माध्यमबाट सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै माघ १२ गते भक्तपुरस्थित मिनर्वा स्कुलमा एक विशेष समारोह सम्पन्न भएको छ। उक्त अवसरमा केन्दामा (जापानीज पारम्परिक खेल) का विश्वच्याम्पियन मिस्टर तामात्सु कुबोता र आइची विश्वविद्यालयका प्रा.डा. नार्हो एजाकीले विद्यालयको भ्रमण गर्नुभयो।

भ्रमणका क्रममा विद्यालय परिवारले दुवै विशिष्ट अतिथिहरूलाई भव्य स्वागत तथा सम्मान अर्पण गरेको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा विश्वच्याम्पियन तामात्सु कुबोताले आफ्नो अद्वितीय खेल कौशल प्रदर्शन गर्नुभएको थियो। उहाँको सटिक एकाग्रता र सन्तुलन देखिने केन्दामाका जादुमय खेल प्रदर्शनले विद्यार्थीहरूलाई निकै उत्साहित र मन्त्रमुग्ध पारेको थियो।

खेल कौशलसँगै प्राकेज्ञिक क्षेत्रका व्यक्तित्व प्रा.डा. नार्हो एजाकीको उपस्थितिमा विद्यार्थीहरूले जापानीज अनुशासन र परिश्रमका बारेमा समेत सिक्ने अवसर पाएका थिए।

20260127 092537

विद्यालयलका प्रिन्सिपल राजेन्द्र दुवालका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय संस्कृति र सीपप्रति चासो जगाउने विश्वास व्यक्त गरेको छ। यो भ्रमणले मिनर्वा स्कुल र जापानी विज्ञहरूबीचको आपसी सद्भावलाई थप उचाइमा पुर्‍याएको छ।

FB IMG 1769484806275