नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ । लोक सेवा आयोगबाट सहमती भए बमोजिम टेलिकममा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारी विनियमावली, २०७८ (संशोधनसमेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न इच्छुक नेपाली नागरिकहरूबाट Online दरखास्त आह्वान गरिएको हो ।
इच्छुक ब्यक्तिले टेलिकमको वेबसाईट www.ntc.net.np वा vacancy.ntc.net.np मार्फत Online System द्वारा दर्खास्त फारम भर्न सकिने छ।
मिति २०८२ फागुन ७ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी फागुन १४ गते सम्म दर्खास्त दिन सकिनेछ।