ताजा अपडेट

ट्रेन्डिङ

रिपुमर्दिनीमा छैटौँ प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन ६, २०८२
62 पटक हेरिएको
रिपुमर्दिनीमा छैटौँ प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न

रिपुमर्दिनी सैनिक महाविद्यालयको आयोजनामा सञ्चालित दुई दिने ‘छैटौँ प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी- २०८२’ एक विशेष समारोहका बीच २०८२ फागुन ५ गते भव्यताका साथ सम्पन्न भएको छ। विज्ञान, प्रविधि र आविष्कारको संगम बनेको यस प्रदर्शनीले युवा विद्यार्थीहरूमा रहेको सृजनशीलता र अन्वेषणको भोकलाई उजागर गरेको छ।

प्रदर्शनीको समापन तथा पुरस्कार वितरण समारोहमा कार्यरथी विभाग, जङ्गी अड्डाका उपरथी श्री विष्णु राउतज्यूले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो। उक्त अवसरमा उपत्यका पृतना हे.क्वा. का पृतनापति उपरथी श्री रबिन्द्र खत्री, न. १ वाहिनीका वाहिनीपति सहायक रथी सुनिल सिंह राठोर, र सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी मनोज बैदवारको विशेष गरिमामय उपस्थिति रहेको थियो।

20260218 095751

समारोहमा सैनिक श्रीमती संघका शिक्षा उपसमितिका प्रतिनिधि, विभिन्न युनिटका प्रमुख, सैनिक महाविद्यालय तथा विद्यालयका प्रिन्सिपल र व्यवस्थापक अधिकृतज्यूहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

देशभरका ३५ ख्यातिप्राप्त विद्यालय तथा महाविद्यालयका ४३ वटा उत्कृष्ट परियोजनाहरूबीच चलेको तीव्र प्रतिस्पर्धामा सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीले आफ्नो ‘Integrated to Smart Urban Hub’ परियोजनामार्फत प्रथम स्थान हासिल गर्दै विजयको झण्डा गाड्न सफल भयो।

यसैगरी ‘इभोटिङ’ परियोजनाका साथ रिभेरा इन्टरनेसनल एकेडेमी द्वितीय र ‘Waste Energy Solution’ का साथ किस्ट कलेज/सेकेन्डरी स्कुल तृतीय भए। विधागत उत्कृष्टता तर्फ रोजमेरी आइडल बोर्डिङ स्कुलको ‘Working Model of Heart’ ले उत्कृष्ट प्रोजेक्ट प्रिजेन्टर र चाणक्य पाठशालाको ‘Dynamic City’ ले उत्कृष्ट प्रोजेक्ट कन्फिगरेसनको उपाधि चुमे। विजयी विद्यालयहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार र विधागततर्फ ५/५ हजार नगदसहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरे।

20260218 100200

प्रदर्शनीको अर्को आकर्षणका रूपमा रहेको लिखित विज्ञान हाजिरीजबाफ प्रतियोगितामा जेसीज इन्टरनेसनल बोर्डिङ स्कुलकी प्रितम कुमारी जागरीले प्रथम स्थान हासिल गरिन्। त्यस्तै जुबिलायन्ट कलेजका नबीनराज उपाध्याय द्वितीय र ट्रिनिटी इन्टरनेसनल कलेजका श्री महर्जन तृतीय हुन सफल भए। हाजिरीजबाफका विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारसहित सम्मान प्राप्त गरे।

सोही सुखद अवसरमा प्रमुख अतिथि उपरथी श्री विष्णु राउत र सैनिक श्रीमती संघ शिक्षा उपसमितिकी सल्लाहकार श्रीमती रोजिना राउतको संयुक्त बाहुलीबाट महाविद्यालयको वार्षिक स्मारिका ‘रिपुमर्दिनी रिदम अङ्क १०’ को भव्य विमोचन सुसम्पन्न भयो। कार्यक्रममा वर्षभरि आफ्नो कर्मक्षेत्रमा अहोरात्र खटिएर उत्कृष्ट सेवा पुर्‍याउने शिक्षकहरूलाई कदरपत्रद्वारा विभूषित गर्दै उनीहरूको समर्पणको उच्च सम्मान गरियो।

दुई दिनसम्म चलेको यस विज्ञानको महाकुम्भमा विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विशिष्ट आमन्त्रित व्यक्तित्वहरू र सैनिक सकलदर्जाको बाक्लो उपस्थितिले प्रदर्शनीलाई थप जीवन्त बनाएको थियो।

20260218 100232

20260218 095952