ताजा अपडेट

ट्रेन्डिङ

सीबर्ड एलुम्नाईद्वारा आयोजित प्रतियोगितामा विनायकका दुईवटै टोली पुरस्कृत

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन १०, २०८२
127 पटक हेरिएको
सीबर्ड एलुम्नाईद्वारा आयोजित प्रतियोगितामा विनायकका दुईवटै टोली पुरस्कृत

सीबर्ड एलुम्नाई (Seabird Alumni) द्वारा हालै आयोजित ‘अन्तरविद्यालय हाजिरी जवाफ तथा आइटी ओलम्पियाड’ प्रतियोगितामा विनायक शिक्षा निकेतनले सानदार सफलता हासिल गरेको छ। विभिन्न विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतिस्पर्धामा विनायकका दुवै टोलीले शीर्ष तीनभित्र स्थान बनाउँदै विद्यालयको गरिमा बढाएका हुन्।

यस कडा प्रतिस्पर्धामा क्रिएटिभ लनर्स सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गर्दा विनायक शिक्षा निकेतनको पहिलो समूहले द्वितीय स्थान प्राप्त गर्न सफल भयो। दोस्रो स्थान हासिल गर्ने टोलीले नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, विनायककै अर्को समूहले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै तृतीय स्थान सुरक्षित गरी नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो।

विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीहरूको क्षमता परीक्षण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा भरेको छ। कार्यक्रमका बारेमा बोल्दै विनायक शिक्षा निकेतनका विज्ञान शिक्षक विवेक दाहालले यस प्रकारका प्रतियोगिताहरूले विज्ञान र आइटी प्रतिको आकर्षण र जिज्ञासा बढाउन ठूलो भूमिका खेल्ने बताउनुभयो। उहाँले आफ्ना विद्यार्थीहरूको मेहेनत र प्राप्त उपलब्धिप्रति गर्व गर्दै यस्तो उत्कृष्ट प्लेटफर्म प्रदान गरेकोमा आयोजक कमिटीलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो।