ताजा अपडेट

ट्रेन्डिङ

मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र २३, २०८२
208 पटक हेरिएको
मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न

भक्तपुर, चैत्र २१, २०८२ — मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय गान तथा मर्निङ्ग ग्लोरी गानबाट औपचारिक रूपमा प्रारम्भ गरिएको थियो।

समारोहमा नर्सरीका २५ जना र युकेजीका ११ जना नानीहरूलाई प्रमुख अतिथि डा. लीला न्याइच्याईले दीक्षान्त प्रमाणपत्र वितरण गर्नुभयो। साथै, कक्षा १ का ८ जना विद्यार्थीहरूलाई वर्ग शिक्षक भावना सुकुभतुले विदाई गर्नुभयो।

morning glory fe

कार्यक्रमका अवसरमा संस्थापक जगतनारायण ग्वाछा र संस्थापक डा. कोमल फुयाँलले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई Academic Excellence Award, Active Kid Award, Tidy Kid Award, Disciplined Kid Award, Punctual Kid Award, Proper Uniform Award, Best Regularity Award तथा Best Voice Award प्रदान गरी सम्मान गर्नुभयो।

morning glory fe 2

प्रिन्सिपल निर्मला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अध्यक्ष कमिनिका न्याइच्याईले धन्यवाद ज्ञापन गर्नुभयो। साथै, इसीडी कन्सल्टान्ट प्रतिमा लामा, अभिभावक प्रतिनिधि संगिना श्रेष्ठ तथा एपेन भक्तपुरका अध्यक्ष किरण गोसाईले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नानीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए। जसमा नर्सरी बालिकाहरूको “School Jau Sathi ho Padhna Lekhna lai” गीतमा नृत्य, कक्षा १ द्वारा “Shiva Tandav”, प्लेग्रुप तथा डेकेयरका बालबालिकाहरूको एक्शन गीत, नर्सरी बालकहरूको “Kalo Topi Bhadgaule”, युकेजीको “Profession Walk”, एलकेजीको “Hajurba le bhane the aula bhachi” लगायतका आकर्षक प्रस्तुतिहरू समावेश थिए।

morning glory fe gk

त्यसैगरी, “Mobile Monster” नाटक, फ्रेया द्वारा एकल नृत्य, एलकेजीको गीत प्रस्तुति, युकेजी र कक्षा १ को संयुक्त प्रस्तुति “We Shall Overcome” तथा “Hera Saathi Aakashma”, संगीततर्फ “Resham Firiri” र शिक्षकहरूको “Himal, Pahad, Tarai” तथा राष्ट्रिय गीतले कार्यक्रमलाई अझ रोचक बनाएको थियो।

उक्त समारोहले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।