ताजा अपडेट

ट्रेन्डिङ

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, जेष्ठ १, २०८१
252 पटक हेरिएको
व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा मंगलबार व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।

भक्तपुर औद्योगिक क्षेत्रका विभिन्न उद्योग, कलकारखानामा कार्यरत मजदुरहरुलाई लक्षित गरी स्वास्थ्य सम्बन्धी हुने जोखिमबाट बच्ने उपायहरुबारे जानकारी दिन संघको सभाहलमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले कुनै पनि रोगको रोकथाम र जनचेतना अभिवृद्धिमा विभिन्न कार्यक्रम गरिरहनुपर्नेमा जोड दिए । जनचेतनाको अभाव, समयमा उपचार गर्न बेवास्ता तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेको समेत थाहा नपाई अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै उनले नसर्ने रोगले विस्तारै असरहरु देखाउने हुँदा सानोतिनो लक्षणलाई बेवास्ता नगरी समयमै उपचार गराउनुपर्ने बताए ।

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले स्वास्थ्य प्रतिको सचेतना वृद्धि भई स्वास्थ्य परीक्षण गर्ने बानी विकास गर्न, नसर्ने रोगहरुको जोखिम न्यूनीकरण साथै नसर्ने रोगको सही समयमा पहिचान, रोकथाम र उपचार गरी त्यसबाट हुने जटिलता र मृत्युदर न्यूनीकरण गर्न अभिमुखीकरण कार्यक्रमले टेवा पु-याउने विश्वास व्यक्त गरे ।

औद्योगिक कलकारखानाहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी जोखिम बढी हुने भन्दै उनले आगामी शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघकै सभाहलमा हुने नसर्ने रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रममा सहभागी भई सेवा प्राप्त गर्न आग्रह गर्दै स्क्रिनिङबाट बाहिरबाट नदेखिएको रोग पत्ता लाग्ने र समयमा नै त्यसको उपचार गर्न सहयोग पुग्ने ओझाले बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका शान्तिराम खतिवडाले कार्यक्रम सञ्चालनको उद्देश्य र औचित्य बारे प्रकाश पारे भने अभिमुखीकरणमा जनस्वास्थ्य अधिकृत अक्षय आचार्यले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी सहजीकण गरे । प्रस्तुतीकरणको क्रममा उनले पेशागत स्वास्थ्य कारणले हुने मुख्य रोगहरु, व्यवसायिक कारणले फोक्सोमा हुनसक्ने जोखिमहरु, कार्यक्षेत्रका जोखिमहरु, दुर्घटना हुने कारणहरु, कार्यक्षेत्रमा असुरक्षित स्थितिहरु, पेशागत स्वास्थ्य नीतिको आवश्यकता, पेशागत स्वास्थ्यका रणनीतिहरु, नेपालको सन्दर्भमा व्यवसायिक स्वास्थ्यको अवस्था बारेमा जानकारी गराए ।

1715737844670

1715737821296