ताजा अपडेट

ट्रेन्डिङ

दिदी भाइ दाजुबहिनीको स्नेहपूर्ण आवद्ध

Gyan Khabar

ज्ञानखबर

बुध, कार्तिक ५, २०८२
556 पटक हेरिएको
दिदी भाइ दाजुबहिनीको स्नेहपूर्ण आवद्ध

गाउँ शहरमा दशैं पछिको रमाइलो पर्व तिहार
विश्वमा मानव सभ्यताको त्यो सुन्दर उपहार
दिदी भाइ दाजुबहिनीको स्नेहपूर्ण आवद्ध
मानव सभ्यताको विकासका लागि प्रतिवद्ध

निधारमा सप्तरंगी रंगाउँदै छुट्दैनन् सम्बन्धको हात
सुनाैलो बिहानी किरण देखि लजाएर झर्छन् पारिजात
रंगीचंगी फूलहरुले बोलाएको सयपत्री मखमली
रमाउँछन् गाउँघरका दिदीबहिनी चम्पा चमेली

पशुपन्छीको योगदान स्वरुप गरिन्छ त्यसलाई सम्मान
मानव मानव बीच कहिल्यै गर्नुहुन्न जातीय अपमान
भोगटे, बिमिरो, अम्बा, ओखर प्रकृतिको सुन्दर फल
समृद्ध समाजको लागि भातृत्वमा बढाउनु छ मनोबल

गाउँघर शहर बजारमा चलेको छ देउसी भैलो
मनैदेखि हटाउनु छ कुरीति र अनियमितताको मैलो
सकारात्मक सोचले संसार बदल्ने साहसपूर्ण म्ह पूजा
अनिष्ट अकल्पनीय घटनालाई टाढा पुर्याउने भाईपूजा