ताजा अपडेट

ट्रेन्डिङ

कक्षा ११ को विषय दर्ता र परीक्षा आवेदन फाराम भर्ने म्याद थप

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १९, २०८१
1309 पटक हेरिएको
कक्षा ११ को विषय दर्ता र परीक्षा आवेदन फाराम भर्ने म्याद थप

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) सानोठिमी, भक्तपुरले कक्षा ११ को विषय दर्ता र परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ ।

बोर्डले शैक्षिक सत्र २०८१ / ०८२ मा कक्षा ११ को विषय दर्ता एवं पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूको कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्ने भराउने तथा नयाँ पाठ्यक्रम अनुसार कक्षा १२ को २०८२ सालमा सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुने नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने म्याद २०८१ माघ ३० गतेसम्म रहेकोमा २०८१ फागुन २१ गतेसम्म थप गरेको हो ।

केही विद्यालयहरूले तोकिएको समयभित्र रकम दाखिला गर्न र फाराम बुझाउन छुटाएकाले बोर्डले अन्तिम पटकका लागि म्याद थप गरेको जनाएको छ । थप गरिएको म्यादमा साविक बमोजिमकै शुल्क लाग्नेछ ।