प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक कार्यक्रमको परीक्षा आवेदन फाराम भर्ने सम्बन्ना सूचना प्रकाशित गरेको छ ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, आयुर्वेद सामान्य चिकित्सा, अकुपन्चर, डेन्टल साइन्स (डेन्टल हाइजिन), अप्थाल्मिक साइन्स, मिडवाइफरी, फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपेथी, फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक एवं डिप्लोमा तह कृषि (बाली विज्ञान र पशु विज्ञान) को प्रथम, दोस्रो र तेस्रो वर्षको आंशिक परीक्षाहरू भदौ महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न भनिएको छ ।
परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम मिति २०८२ साल असार २५ गतेभित्र नियमित शुल्कमा र २०८२ असार ३२ गतेभित्र विलम्ब शुल्कमा भर्न सकिने सूचनामा उल्लेख छ।
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाति अन्तर्गत वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सामान्य चिकित्सा, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, कृषि (बाली विज्ञान र पशु विज्ञान) र फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने जनाउँदै आवेदन फाराम भर्नु / भराउन भनिएको छ ।