ताजा अपडेट

ट्रेन्डिङ

नेसनस प्याब्सन भक्तपुरद्वारा वृहत शिक्षक प्रशिक्षण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, असार १०, २०८२
584 पटक हेरिएको
नेसनस प्याब्सन भक्तपुरद्वारा वृहत शिक्षक प्रशिक्षण सम्पन्न

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन) भक्तपुरले आफ्ना सदस्य विद्यालयहरूमा कार्यरत ३४१ जना शिक्षक र लेखापालहरूका लागि एक बृहत् तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस तालिमले शिक्षकहरूलाई दक्ष र अब्बल बनाइ शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनुका साथै सिकाइ उपलब्धि हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यस तालिम अन्तर्गत जेठ २४ गते शनिबार कक्षा ४ देखि ८ सम्मका गणित विषयका शिक्षकहरूलाई डा. रमेश प्रसाद अवस्थीले प्रशिक्षण दिएका थिए भने सामाजिक विषयका लागि जीवन राज पन्थी र प्रभाति किरणले सहजीकरण गरेका थिए। जेठ ३१ गते लेखापालहरूलाई सी.ए. सुनिल श्रेष्ठले व्यवस्थित लेखा प्रणाली र कर सम्बन्धी अभिमुखीकरण तालिम दिएका थिए। असार ७ गते पूर्व प्राथमिक तहका शिक्षकहरूका लागि डा. मिनाक्षी दाहालले सहजीकरण गरेका थिए भने सोही दिन नेपाली विषयका लागि प्रोफेसर डा. ध्रुव कुमार घिमिरे र विज्ञान विषयका लागि डा. चिन्तामणी पन्थीले प्रशिक्षण दिएका थिए।

np2

तालिम उपसमिति संयोजक रमेश प्रसाद सिटौलाले विगतमा पनि यस्ता तालिमहरू सञ्चालन गरिएको र भविष्यमा पनि सदस्य विद्यालयहरूको सुदृढीकरणका लागि थप कार्यक्रम गरिने बताए। नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यस तालिमले शिक्षकहरूलाई पाठ्यक्रम, सिकाइ उपलब्धि र शिक्षण विधि लगायतका क्षेत्रमा सक्षम बनाउनुका साथै विद्यालयको समग्र गुणस्तरमा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सत्यशक्ति पुस्तक भण्डार, यूरेका पब्लिकेशन, ग्रीन बुक्स र ओएसिस पब्लिकेशनलाई नेसनल प्याब्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले धन्यवाद ज्ञापन गरे।

np3 np