स्प्रिङ हिल स्काउट ट्रुपले भाद्र १५ गते आफ्नो दोस्रो स्काउट दीक्षान्त तथा पदोन्नति समारोह भव्यताका साथ सम्पन्न गरेको छ। यस समारोहले स्काउटिङमा नयाँ अध्यायको सुरुवात गरेको छ, जहाँ ४३ नयाँ सदस्यहरूले स्काउट दीक्षान्त ग्रहण गरे भने ८३ जनालाई बी.पी. पिक ब्याचबाट पदोन्नति गरिएको छ।
कार्यक्रममा पूर्व प्रमुख स्काउट महेन्द्र राज रञ्जित प्रमुख आतिथ्यमा र विद्यालयका प्राचार्य तथा इकाई अध्यक्षको सभापतित्वमा भएको सो समारोहमा दियो प्रज्वलन, माल्यार्पण र सम्मानका साथै नयाँ सदस्यहरूलाई स्काफ, ब्याज र प्रमाणपत्र वितरण गरिएको थियो।
समारोहमा अभिभावक, प्रशिक्षक, स्काउटर र शिक्षक–शिक्षिकाको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।