ताजा अपडेट

ट्रेन्डिङ

सन्तति आविमा शुभकामना आदानप्रदान

Gyan Khabar

ज्ञानखबर

आइत, अशोज ५, २०८२
232 पटक हेरिएको
सन्तति आविमा शुभकामना आदानप्रदान

भक्तपुर, सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयमा विजया दशमी २०८२ को अवसरमा आइतबार शुभकामना आदानप्रदान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यप्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर वृद्धिसँगै बालबालिकालाई खेलकुद र अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रतिभा प्रफुस्टनको लागि विद्यालय सकारात्मक रूपमा अगाडि बढेको बताउँदै विद्यार्थीहरूलाई देशकाल परिस्थिति तथा यात्राको क्रममा देखिएका वस्तुगत टिपोट गर्न सुझाव दिए ।

dasai program img

विद्यालयका प्रधानाध्यापक दीपक माकले राम्रो तथा असल काम गर्दा परिणाम राम्रो हुने बताउँदै हरेक चाडपर्वमा जोडिएको विकृति विसंगतिलाई त्याग्नुपर्ने बताए ।
उनले सत्य, न्याय तथा प्रगतिलाई आत्मसात गर्नुपर्ने बताउँदै विद्यालय परिवार समसामयिक शिक्षण सिकाई विधिबाट शैक्षिक तथा बाैद्धिक विकासका लागि आवश्यक छलफल तथा सुझाव बमोजिम प्रयासरत रहेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले कलिला मुनालाई देशको योग्य नागरिक बनाउने दायित्व शिक्षकको भएको बताउँदै चाडपर्वमा खानपिन तथा स्वास्थ्यमा विशेष ध्यान दिई सिक्ने र सिकाउने प्रक्रियालाई निरन्तरता दिन विद्यार्थीलाई सुझावसहित प्रेरणा दिए।

विद्यार्थीहरूले आआफ्नो नृत्य तथा गायन जस्ता मनोरञ्जनात्मक प्रतिभा प्रफुस्टन गरेर शुभकामना आदानप्रदान भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षकद्वय जगन्नाथ डुम्रे तथा कृष्णमाया बस्नेत, व्यवस्थापन समिति सदस्य सम्झना प्रेमी तथा विद्यार्थीको तर्फबाट नर्गीस खातुनलगायतले शुभकामना दिएका थिए ।