नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
नेपाली सेना, श्री भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले प्राड/प्राविधिक/हवाई / विविध सेवा तर्फका अधिकृत पदपूर्तिपदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।
इच्छुक ब्यक्तिले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी सो को प्रिन्ट प्रति सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू. १०/- (दश) को टिकट टासी आवेदन/दर्खास्त फारम पेस गर्न सकिने छ।
२०८२ कात्तिक २८ देखि मंसिर २७ गतेसम्म तोकिएबमोजिमको दरखास्त दस्तुर र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।
