ताजा अपडेट

ट्रेन्डिङ

आधारभूत विद्यालयको गणितीय दाैड प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, कार्तिक २८, २०८२
103 पटक हेरिएको
आधारभूत विद्यालयको गणितीय दाैड प्रतियोगिता सम्पन्न

आधारभूत विद्यालय समिति भक्तपुरको आयोजना तथा नवीन आधारभूत विद्यालयको संयोजनमा समितिको वार्षिक कार्यतालिका अनुसार शुक्रबार गणितीय दाैड प्रतियोगिता सम्पन्न भएको छ।

आधारभूत विद्यालय समिति भक्तपुरको अध्यक्ष सूर्यबहादुर फोजूले विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता अभिवृद्धि तथा प्रफुष्टनको लागि आधारभूत विद्यालय समिति चाैतारीको रूपमा रहेको बताउँदै विद्यालयहरूबीच सिकाई आदानप्रदान गरेर गुणस्तरीय शिक्षणको लागि अघि बढेको बताए ।

प्रतियोगिता संचालनको संयोजक विद्यालयका प्रधानाध्यापक प्रकाश गोसाईले यहीँ मंसिर २ गते आधारभूत विद्यालय समितिस्तरीय दाैड प्रतियोगिता संचालन हुने जानकारी दिए ।

कक्षा १ देखि ३ सम्ममा १८ वटा विद्यालयका छात्र गणितीय दाैड प्रतियोगितामा गणेश माविका राजाबाबु आलम प्रथम, चण्डेश्वरी आविका अनिल पुनमगर द्वितीय, समाज सुधार माविका विवेक ठकुरी तृतीय तथा नवीन आविका आशुसेन वाइवा र बालसेवक आविका मोहम्मद सतराज संयुक्तरूपमा सान्त्वना भएका थिए ।

कक्षा १ देखि ३ सम्ममा १८ वटा विद्यालयका छात्रा गणितीय दाैड प्रतियोगितामा नवीन आविका सजिना दुवाल प्रथम, भीम आदर्श आविका रञ्जना कुमारी यादव द्वितीय, बालसेवक आविका सुस्मिता मानन्धर तृतीय तथा ब्रम्हायणी आविका नैना तामाङ र ज्ञानविजय आविका सोफिया अन्सारी संयुक्तरूपमा सान्त्वना भएका थिए ।

कक्षा ४ देखि ५ सम्ममा १५ वटा विद्यालयका छात्र गणितीय दाैड प्रतियोगितामा गणेश माविका शाहिद आलम प्रथम, ब्रम्हायणी आविका कुशल तामाङ द्वितीय, समाज सुधार माविका नैतिक शाह तृतीय तथा भीम आदर्शका मनिक तामाङ र बरदायणी आविका विजय तामाङ संयुक्तरूपमा सान्त्वना भएका थिए ।

IMG e91851e1ba7e20f0c56d9ad75775359a V

कक्षा ४ देखि ५ सम्ममा १६ वटा विद्यालयका छात्रा गणितीय दाैड प्रतियोगितामा चण्डेश्वरी आविष्कार उष्णा त्यात प्रथम, सन्तति आविका परिधि कुमारी द्वितीय, गणेश माविका सोनिया तामाङ तृतीय तथा समाज सुधार माविका प्रियन्सु शाह र भीम आदर्श आविका सन्ध्या कुमारी यादव संयुक्तरूपमा सान्त्वना भएका थिए ।

कक्षा ६ देखि ८ सम्ममा ८ वटा विद्यालयका छात्र गणितीय दाैड प्रतियोगितामा गणेश माविका सुशील राणा मगर प्रथम, सन्तति आविका संसार अधिकारी द्वितीय, नवीन आविका असिम श्रेष्ठ तृतीय तथा बालसेवक आविका निशान तामाङ सान्त्वना भएका थिए ।

कक्षा ४ देखि ५ सम्ममा ८ वटा विद्यालयका छात्रा गणितीय दाैड प्रतियोगितामा नवीन आविका आशालक्ष्मी दुवाल प्रथम, गणेश माविका पूर्णिका तामाङ द्वितीय, तारा माविका एन्जिला तामाङ तृतीय तथा बालसेवक आविका विनिता पुन मगर सान्त्वना भएका थिए ।

विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समितिको वार्षिकोत्सब कार्यक्रममा सम्मान तथा प्रमाणपत्र वितरण गरिनेछ ।आधारभूत विद्यालय समिति भक्तपुरमा भक्तपुर नगरपालिकाका २४ वटा आधारभूत विद्यालयहरू रहेका छन् ।