रोटरी क्लब अफ मध्यपुर र फोर एस इजुकेटर्स को संयुक्त संयोजन र एन्ड्रो युनिभर्सिटी अमेरिका र टेक्सास instrument को सहयोगमा पुष १ ,२ र ३ गते बालकोट स्थित माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलमा भक्तपुर जिल्लाका विभिन्न स्कुल हरु का करिब ३० जना शिक्षक शिक्षिकाहरूलाई प्रोफेसर डा.मारिएन प्रिन्स को टिमले तीन दिने टीआई टेक्नोलोजी वर्कसप सम्पन्न भएको छ।
तालिममा सहभागी शिक्षक शिक्षिकाहरूलाई प्रमाणपत्र वितरण गर्नुहुँदै रोट्री क्लब मध्यपुरका अध्यक्ष चन्द्रचगर्ताज्यूले यस्तो प्रकारको तालिमबाट नेपालको शिक्षण पेडागोजीमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै तालिमका प्रमुख प्रशिक्षक डक्टर मारियनले आफू नेपालमा विगत ५ वर्षदेखि नियमित रुपमा काठमाडौँ युनिभर्सिटीसँग सहकार्यमा शिक्षक शिक्षिकाहरूलाई टिआई टेक्नोलोजीबारे तालिम दिँदै आइरहेको कुरा बताउनुहुँदै नेपालको शिक्षा विकासको लागि सक्दो उहाँले सहयोग र साथ दिने वचन दिनुभयो।

सहभागी शिक्षक रुपेश प्रजापतिले यस्तो किसिमको तालिमले शिक्षकहरूको क्षमता वृद्धि हुने टेक्नोलोजी बारे नयाँ ज्ञान हासिल हुने भएकोले तालिमको आवश्यकता र महत्वबारे दर्शाउनुभयो। माउन्ट भ्यु स्कुलका प्रिन्सिपल मीना मर्जनज्यूले सहभागी सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई बधाई दिनुहुँदै सम्पूर्ण शिक्षक साथीहरुले तालिममा सिकेका ज्ञान र सिप कक्षाकोठामा लागू गर्ने आशा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन रोट्री क्लब अफ मध्यपुरका संस्थापक अध्यक्ष एवं विनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति ज्यूले गर्नुभएको थियो।