ताजा अपडेट

ट्रेन्डिङ

मदरल्याण्ड स्कुलको २१औँ वार्षिकोत्सव: विद्यार्थीद्वारा उद्घाटन र ५६ पदक विजेताहरूको सम्मान

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र ३०, २०८२
192 पटक हेरिएको
मदरल्याण्ड स्कुलको २१औँ वार्षिकोत्सव: विद्यार्थीद्वारा उद्घाटन र ५६ पदक विजेताहरूको सम्मान

शैक्षिक उत्कृष्टता र विद्यार्थीको चौतर्फी विकासमा आफूलाई अब्बल सावित गर्दै आएको भक्तपुरस्थित मदरल्याण्ड स्कुलले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८२” एवं पूर्व-प्राथमिक तहको दीक्षान्त समारोह चैत्र २८ गते भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको सुरुवात निकै नै रोचक र भिन्न शैलीमा गरिएको थियो। ठूला ओहोदाका प्रमुख अतिथि बोलाउने पुरानो परम्परालाई तोड्दै विद्यालयका सबैभन्दा साना ‘प्ले-ग्रुप’ कक्षाका दुई जना विद्यार्थीले बिरुवामा जल अर्पण गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। प्रकृति र भविष्यका कर्णधारलाई जोडिएको विद्यालयको यो नौलो प्रयासलाई उपस्थित अभिभावकहरूले खुलेर प्रशंसा गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल संजय खड्काले मदरल्याण्डको २१ वर्षे यात्राको सफलताको श्रेय अभिभावकहरूको अटुट विश्वास र योगदानलाई दिनुभयो। उहाँले आगामी कार्ययोजनाबारे जानकारी दिँदै अबको लक्ष्य विद्यालयलाई थप सुविधासम्पन्न भौतिक पूर्वाधारसहितको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनु रहेको बताउनुभयो। प्रिन्सिपल खड्काले विद्यालयमा प्रि-स्कुललाई पूर्ण रूपमा पाठ्यपुस्तक मुक्त गरिएको, स्कुल हेल्थ नर्सको व्यवस्था गरिएको र प्रविधिको उच्च प्रयोगमार्फत विद्यार्थीहरूको व्यक्तित्व विकासमा जोड दिइएको तर्क राख्नुभयो।

20260414 070714

शैक्षिक वर्ष २०८२ मा मदरल्याण्डका विद्यार्थीहरूले पालिकादेखि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभाको लोहा मनाउन सफल भएका छन्। सोही अवसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पदक भित्र्याउने ५६ जना प्रतिभाशाली विद्यार्थीहरूलाई विशेष सम्मान गरियो। साथै वर्षभरि विविध विधामा उत्कृष्ट हुने १५ विद्यार्थी र लगनशील शिक्षकहरूलाई समेत पुरस्कृत गरियो। कक्षागत रूपमा उत्कृष्ट GPA हासिल गर्ने विद्यार्थीहरू र प्रि-स्कुलदेखि कक्षा ३ सम्म कक्षा स्तरोन्नति हुने सबै नानीबाबुहरूलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा ईसिडी एक्सपर्ट एवं प्रि-स्कुल को-अर्डिनेटर सुमित्रा राणामगरले विद्यालयमा पूर्ण रूपमा मन्टेश्वरी र आधुनिक शिक्षण पद्धति लागू गरिएको स्पष्ट पार्नुभयो। त्यस्तै एकेडेमिक को-अर्डिनेटर धारणा स्यान्दिल्य (काफ्ले) ले आगामी शैक्षिक सत्र २०८३ का लागि तय गरिएको आन्तरिक मूल्याङ्कन र शैक्षिक रणनीतिबारे प्रकाश पार्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न उक्त भव्य समारोहमा विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए। विद्यालयकी संचालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाको निर्देशनमा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन शिक्षक शृष्टि कासुलाले गर्नुभएको थियो।

Messenger creation 0745E8FC 81F1 4542 A175 061D3EA492E7