ताजा अपडेट

ट्रेन्डिङ

लिशा स्कुलको ३४ औं वार्षिकोत्सव, प्रिस्कुल दीक्षान्त तथा साँंस्कृतिक कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१४ माघ २०७९, शनिवार
294 पटक हेरिएको
लिशा स्कुलको ३४ औं वार्षिकोत्सव, प्रिस्कुल दीक्षान्त तथा साँंस्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुरको लिवालीस्थित लिशा इगलिश सेकेण्डरी स्कुलको ३४ औं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । त्यस अवसरमा नयाँं व्लकको उदघाटन पनि भएको थियो । साथसाथै प्रिस्कुल दीक्षान्तको उपलक्ष्यमा पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रम पनि भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेेंले अध्ययनको कमीले वर्तमान राजनीतिक अवस्था आएको बताएका छन् । त्यसकारण अहिलेका विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी चौतर्फी ज्ञान दिनुपर्नेमा उनले जोड दिए ।

उनले विद्यार्थीलाई राजनीतिक शिक्षा पनि दिनुपर्ने खाँंचो औंल्याए । जनताले राजनीति सही रुपमा नबुझ्दा देशमा अहिलेको संकट आइरहेको चर्चा उनले गरे । सही मानिस राजनीतिबाट भाग्दै जाँंदा गलत मानिसहरु राजनीतिमा आउने र उनले गलत काम गर्ने उनको भनाई थियो । त्यही भएर सही मानिस राजनीतिमा आउनुपर्ने आवश्यकता उनको थियो ।

अध्ययनको कमीले विदेशमा भएको एउटा अन्तराष्ट्रिय सम्मेलनमा नेपालका प्रधानमन्त्री र परराष्ट मन्त्रीले नबुझ्दा केही पनि विषयवस्तु नबुझेर बेइजत भएको भन्दै उनले भने, म त्यो प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको नाम लिन्न तर तिनीहरुले गर्दा हाम्रो देशको नै बेइजत भयो । उनले विद्यार्थीलाई पाठ्यपुस्तकका साथै राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिबारे पनि बुझाउन विद्यालय र स्कुलका शिक्षकशिक्षिकाहरुलाई सुझाए ।