ताजा अपडेट

ट्रेन्डिङ

त्रिवि र संस्कृत विश्वविद्यालयका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पु-याउने

Gyan Khabar

ज्ञानखबर संवाददाता

२२ माघ २०७९, आईतबार
422 पटक हेरिएको
त्रिवि र संस्कृत विश्वविद्यालयका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पु-याउने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पु-याउने भएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्यको लागि नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित विश्वविद्यालयहरु बिच समझदारी-पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त समझदारी पत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष श्री पुरुषोत्तम खनालज्यूले तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. पेशल दाहाल र नेपाल संस्कृत विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार श्री माधब अधिकारी ज्यूले हस्ताक्षर गर्नुभयो । उक्त कार्यबाट प्रविधिको प्रयोग मार्फत विश्वविद्यालयबाट प्रवाह भइरहेको शैक्षिक कार्य थप व्यवस्थित हुने र वैकल्पिक सिकाईमा पनि टेवा पुग्ने विश्वास लिइएको छ।