ताजा अपडेट

ट्रेन्डिङ

नेकका विद्यार्थीलाई आईआईटी गान्धीनगरमा पीएचडीको अवसर

Gyan Khabar

ज्ञानखबर संवाददाता

२३ माघ २०७९, सोमबार
287 पटक हेरिएको
नेकका विद्यार्थीलाई आईआईटी गान्धीनगरमा पीएचडीको अवसर

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका विद्यार्थीलाई भारतको इन्डियन इष्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) गान्धीनगरमा पीएचडी अध्ययनको अवसरबारे जानकारी गराइएको छ । आईआईटी गान्धीनगरका करिअर डेभलपमेन्ट अफिसर सौमिल शाह र पोष्ट ग्राजुयट स्टडिजका डिन सौम्यकान्त खातुनले पीएचडी अवसरबारे जानकारी गराएका हुन् ।

उनीहरुले इन्जिनियरिङ कलेजको लगनखेलस्थित माष्टर्स तहको अध्यापन हुने नेक सिपिएस र भक्तपुर दुवाकोटस्थित कलेजका विभिन्न विभागहरुको आइतबार र सोमबार दुई दिन लगाएर अवलोकन भ्रमण पनि गरेका थिए । त्यस अवसरमा उनीहरुले समर रिसर्च इन्टर्नशिपबारे अवगत गराएका थिए । यो साढे दुईदेखि तीन महिनासम्मको फ्रि अफ कष्ट पेड ट्रेनिङ भएको उनीहरुले जनाएका थिए ।

यसका लागि नेक र आइआइटीबीच समझदारीपत्रमा हस्ताक्षर हुने कलेजका उपप्राध्यापक तथा अन्तराष्टिय कार्यक्रम संयोजक कृष्णविक्रम शाहले जनाए । त्यस अवसरमा विद्यार्थी तथा कलेजका शिक्षकहरुवीच फरडर कोलाबरेशनकोबारेमा बृहत छलफल भएको जनाइएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराइलगायतको सहभागितामा मायाको चिनो पनि वितरण गरेका थिए ।