ताजा अपडेट

ट्रेन्डिङ

एभरेष्ट स्कुलको ४० औं वार्षिकोत्सव सम्पम्न, जन्मदिन कोष बाट पुस्तक सहयोग

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १, २०७९
220 पटक हेरिएको
एभरेष्ट स्कुलको ४० औं वार्षिकोत्सव सम्पम्न, जन्मदिन कोष बाट पुस्तक सहयोग

भक्तपुरको एभरेष्ट स्कुलको ४० औं वार्षिकोत्सव सोमबार भक्तपुरमा सम्पम्न भएको छ । वार्षिकोत्सवको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले अहिलेका विद्यार्थीमा वढेको विदेश मोहमा पाठ्यक्रा दोषि भएको आरोप लगाए ।

भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित स्कुलको ४० औ वार्षिकोत्सव तथा एभरेष्ट जन्मदिन कोष बाट संकलित रकमले मादी ५ रमाइलोडाँंडास्थित दिवाकर स्मृति माध्यमिक विद्यालय, इन्द्रवती १२ भीमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय र बागमति ६ रातोमाटेस्थित जनहित आधारभूत विद्यालय सिन्धुपाल्चोकलाई पुस्तक हस्तान्तरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले विद्यार्थीमा भएको विदेश मोहप्रति चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष विजुक्छेंले यो अवस्थालाई रोक्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष विजुक्छेंले यसलाई रोक्न अहिलेको पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । अहिलेको पाठ्यक्रममा शक्तिराष्टहरुको राम्रोराम्रो मात्रै कुरा पढाउँंदा यस्तो अवस्था आएको हो, उने भने । यसकारण यसमा पाठयक्रम दोषी भएको उनको भनाई थियो ।

पाठ्यक्रममा पहिलो, दोश्रो विश्वयुद्धमा आक्रामण थाल्ने राष्टहरुले गरेको अन्याय हामी पढाउँंदैनौ, उनले भने, बरु उनीहरुले गरिरहेका गुणगाण मात्रै पढाउँंछौ । शक्ति राष्टहरुले तयार पारेका पाठ्यक्रम पढाउने र त्यसमा उनीहरुले साँंचो कुरा नलेखेको उनको भनाई थियो । त्यसकारण हामीले उनीहरुकाबारेमा बनाएको इतिहास पढाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा विशिष्ट अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, अर्काे विशिष्ट अथिति राष्टगानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लगायले शिक्षाक्षेत्रका विभिन्न विषयबारे चर्चा गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, अभिभावक अरुण पौडेललगायतले विद्यालयका विभिद् विषयमा चर्चा गरे ।

कार्यक्रममा विद्यालयबाट पछिल्लो एसईई परीक्षामा चार जीपीए ल्याएन सफल दुई जना विद्यार्थी छात्रमा अनुपम भटराई र छात्रामा प्रिसा बज्राचार्यलाई प्रतिव्यक्ति २५ पच्चीस हजार नगदसहितको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमकोवीचवीचमा विद्यार्थीले साँंस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।