चाँगुनारायण नगरपालिका, दुवाकोटस्थित प्रज्ञा इङ्गलिस सेकेण्डरी स्कूलको ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
स्कुलकाे वार्षिकोत्सवकाे शुभ अवसरमा अभिभावक दिवस , गायन तथा नृत्य प्रतियाेगिता र खेलकुद सप्ताह सम्पन्न भएकाे थियो ।

वार्षिक उत्सवकाे अन्तिम दिन चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीकाे प्रमुख आतित्थ्यतामा सिनियर अभिभावक दिवस भएकाे छ ।
स्कुलबाट २०७६, २०७७ र २०७८ सालमा SEE उत्तीर्ण भएका बिध्यार्थीको बिदाइ तथा मायाको चिनो पनि वितरण गरिएको थियो । प्रधानध्यापक टंकप्रसाद सिटौलाले स्कुलकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
					 
			 
					 
                        		        	 
                        		        	 
										 
										 
										 
										 
										 
										 
				 
    	        	 
    	        	 
					