ताजा अपडेट

ट्रेन्डिङ

सूर्यविनायक नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २६, २०७९
961 पटक हेरिएको
सूर्यविनायक नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने

भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भएकाे छ । त्यसका लागि नगरपालिकाले सूचना प्रकाशन गरि प्रधानाध्यापक हुन इच्छुक शिक्षकलाई १५ दिनभित्र आवेदन दिन अनुराेध गरेकाे छ ।

सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ बमोजिम सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि सोही कार्यविधिको दफा ४ बमोजिम सूचना प्रकाशन गरेकाे छ ।

प्रधानाध्यापक हुनका लागि आधारभूत तह कक्षा १- ५ को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो उत्तीर्ण गरेकाे, आधारभूत कक्षा १- ८ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सरह उत्तीर्ण गरेको र माध्यमिक कक्षा १-१०/१२ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेकाे शैक्षिक याेग्यता हुनुपर्ने उल्लेख गरेकाे छ ।

प्रधानाध्यापक हुन चाहने शिक्षकको सम्बन्धित तहको शिक्षक पदमा कम्तिमा पाँच बर्ष स्थायी सेवा गरेको र नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको याेग्यता निर्धारण गरेकाे छ ।

नगरपालिकाले प्रधानाध्यापक हुन इच्छुक शिक्षकलाई नेपाली नागरिकताकाे प्रतिलिपि, शैक्षिक याेग्यताका प्रमाणपत्रको प्रतिलिपिमात्र, आफूले अध्यापन गरेकाे विषयमा पछिल्लो तीन वर्षकाे नतिजा सिटको प्रतिलिपिका साथै मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरेकाे छ ।

suryabinayak praaa