ताजा अपडेट

ट्रेन्डिङ

नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

Gyan Khabar

ज्ञानखबर संवाददाता

४ चैत २०७९, शनिवार
186 पटक हेरिएको
नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

नेपाल कमर्स क्याम्पसमा यही चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समितिको कार्यालय, नेपाल कमर्स क्याम्पसले सूचनामार्फत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा क्याम्पसमा विशेष परिस्थिति श्रृजना भएको र निर्वाचन तयारी समेत अपुग भएकोले भोलि चैत्र ५ गतेका दिन तय गरिएको स्ववियु निर्वाचन स्थगित गरिएको व्यहोरा जानकारी गराएको छ।